दशैंअघि नटुङ्गिने भयाे क्रान्तिकारीकाे नेतृत्व

१६ असोज, काठमाडौं ।

माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व दशैंअगाडी नटुङ्गिने भएकाे छ ।

क्रान्तिकारीकाे काठमाण्डाैमा भएकाे २३ औं राष्ट्रिय सम्मेलनमा उमेर हद लागु गर्ने/नगर्ने विवाद चर्किएपछि दशैं अघि निर्वाचन सक्न कठिन हुने कारण देखाएर सम्मेलन स्थगित गरिएको हाे ।

पञ्चा सिंह नेतृत्वमा रहेको कमिटी विघटन गरेपछि नयाँ कमिटी ल्याउनका लागि वीरबहादुर थापाको संयोजकत्वमा सात सदस्यीय अध्यक्ष मण्डल बनाइएको थियो । अध्यक्षमण्डललाई बुधबार साँझ निर्वाचन आयोगले राष्ट्रिय सम्मेलन स्थगित गर्न उपयुक्त हुने सुझाव सहितको प्रतिवेदन बुझाएको थियाे ।

निर्वाचन समितिले बुधबार एक सूचना जारी गरी बाढी पहिरोले धनजनको क्षति भएको, दशैं सुरु हुन लागेको र दशैं अघि निर्वाचन सक्न कठिन हुने कारण देखाएर सम्मेलन स्थगित गरेको उल्लेख गरेको छ ।

स्थगित राष्ट्रिय सम्मेलन कहिले गर्ने बारे पार्टीसँग संवाद गरेर निर्णय गरिने अध्यक्षमण्डलका एक सदस्यले जानकारी गराएका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.