गोरखाको पालुङ्गटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली स्थित सतीघाट निवासी अन्दाजी ६८ वर्षीय ज्ञानु नेपाली मर्स्याङ्दीमा हाम फालेर बेपत्ता
आज साँझ करिब ७ बजेतिरको समयमा गोरखाको च्याङ्ली र तनहुको भानो जोड्ने झोलुङ्गे पुल तर्फ जाँदै गरेको देखेपछि केही स्थानीय महिलाहरुले रोक्न खोज्दा सबैलाई धकेल्दै पुलतर्फ अगाडि बढेकी नेपालीले च्याङ्ली तर्फबाट पुल पुरै तरिसकेपछि मर्स्याङ्दी नदीतर्फ झरेर मर्स्याङ्गीमा हाम फालेपछि बेपत्ता भएकी हुन् ।
पुलतर्फ बढ्दै गरेको देखेपछि स्थानीय सुष्मा नेपाली लगायतका केही महिलाहरूले उनलाई रोक्नको लागि पछिपछि पुलसम्म गएको र रोक्ने प्रयास गर्दागर्दै सबैलाई धकेलेर उत्तरी सकेपछि पुलको दायाँ पट्टिको भागबाट मर्स्याङ्दीमा गएको र मर्स्याङ्दीमा झरेको भिडियोमा प्रष्ट देखिन्छ ।
उनलाई बचाउनको लागि समात्न नसकेपछि आफूले भिडियो बनाएको स्थानीय सुष्मा नेपालीले बताउनुभयो ।
मर्स्याङ्दीमा गएकी नेपालीको घरमा एक बुहारी र एक नाति मात्र रहेको बताइएको छ। आज दिउँसो आफ्नै आमाको वर्ष दिनको श्राद्ध सकिए पश्चात केही समयपछि पुलतर्फ गएर यस्तो घटना भएको जानकारीमा आएको छ।
घटनाको जानकारी पाए लगत्तै स्थानीयहरू खबर गरेको र अस्थायी प्रहरी पोस्ट बिरुवाटार को टोली सहित स्थानीय जनप्रतिनिधिहरूको समेत उपस्थितिमा घटनास्थलको निरीक्षण गरी फर्किएको छ ।
नदीमा भेल आएको र रातको समय भएको कारणले गर्दा तत्काल खोजी कार्य अगाडि बढाउन नसकिएपछि खोजी कार्यलाई भोलि बिहानैदेखि अगाडि बढाइने बताइएको छ । निजलाई रोक्नको लागि देख्ने स्थानीयले निकै जोरले चिच्याएको सुनिन्छ भने उनी नदीमा झरेलगतै केही समय पानीले वरपर घुमाएको र बगाएर लगेको भिडियोमा देखिएको छ।
पुरा भिडियो को लागि तल हेर्नुहोला
मर्स्याङ्दी नदीमा हाम फालेर एक महिला बेपत्ता : भेल र रातको समयका कारण खोजीकार्य भोलिदेखि हुने