Gorkha Sansar

सीमामा तस्करीविरुद्ध गृहमन्त्रीको कडा एक्सन, दुई डीएसपीको मोबाइल नियन्त्रणमा लिएर फरेन्सिक अनुसन्धान

DSP in Sudan's capture

काँकडभिट्टा–मेची भन्सारमा तस्करीको गुनासोपछि सुरक्षाकर्मीमाथि छानबिन तीव्र, “दोषी जो भए पनि कारबाही हुन्छ” : गृहमन्त्री

काठमाडौं । सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा सरकार आक्रामक रूपमा उत्रिएको संकेत गर्दै गृहमन्त्री सुधन गुरुङ ले झापाको काँकडभिट्टा–मेची भन्सार क्षेत्रमा कार्यरत सुरक्षाकर्मीमाथि प्रत्यक्ष छानबिन सुरु गरेका छन्।

सीमा क्षेत्रमा हुने तस्करीमा सुरक्षाकर्मीको संलग्नता रहेको भन्दै एक महिलाले गुनासो गरेपछि गृहमन्त्री गुरुङले घटनालाई गम्भीर रूपमा लिँदै सीमा क्षेत्रमा कार्यरत दुई जना डीएसपीसहित सम्बन्धित सुरक्षाकर्मीलाई बन्द कोठामा राखेर सोधपुछ गरेका हुन्। छानबिनका क्रममा उनीहरूको मोबाइल नियन्त्रणमा लिई डिजिटल फरेन्सिक परीक्षणका लागि पठाइएको स्रोतले जनाएको छ।

प्रारम्भिक सूचनाअनुसार, मेचीनगरस्थित सीमा चेकपोस्टमा कार्यरत केही सुरक्षाकर्मी र तस्करबीच प्रत्यक्ष सम्पर्क रहेको तथा कुन समयमा कुन सवारीसाधन सीमा पार गराउने भन्ने विषयमा समेत उनीहरूको प्रभाव रहने आरोप लागेको छ। यही आरोपको सत्यतथ्य पत्ता लगाउन अनुसन्धानलाई तीव्र बनाइएको बताइएको छ।

गृहमन्त्री गुरुङले अनुसन्धानबाट जोसुकै दोषी देखिए पनि कुनै पनि हालतमा नछाडिने स्पष्ट चेतावनी दिएका छन्। उनले “जनताले सास्ती भोग्ने तर केही व्यक्तिले तस्करीबाट अकुत सम्पत्ति कमाउने अवस्था अब स्वीकार्य छैन” भन्दै सीमा क्षेत्रमा हुने अवैध गतिविधिमाथि शून्य सहनशीलताको नीति अपनाइने बताएका छन्।

सरकारको पछिल्लो कदमलाई सीमा क्षेत्रमा मौलाउँदै गएको तस्करी नियन्त्रणतर्फको कडा सन्देशका रूपमा हेरिएको छ। अनुसन्धानको अन्तिम प्रतिवेदनपछि थप कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.