Gorkha Sansar

नेपाल एकीकरण अभियानमा वडाकाजी अमरसिंह थापाको भूमिका – डा. नरविक्रम थापा

नेपालको एकीकरण अभियानमा युद्धको नेतृत्व गर्ने वीरमध्येका एक राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापा थिए । नेपाल एकीकरण अभियानमा समर्पित वीरमध्ये अमरसिंह थापाको नाउँ उच्च स्थानमा छ । अमरसिंहहरूकै नेतृत्वमा गोर्खाली सेनाले पाल्पादेखि काँगडा – पश्चिममा रहेको रावी नदीसम्मको इलाका नेपालमा गाभ्ने काम गरेको थियो । थापा सुगौली सन्धि हुनुअघिसम्म करिब १६ वर्ष कुमाउ सतलज इलाकाको प्रमुख प्रशासक पनि भए । त्यस समयको बृहत् नेपालको पहिलो नक्सा तयार पार्ने काम उनैले गरेका हुन् । उनले नेपाल एकीकरण र अङग्रेजसँगको युद्धमा पु¥याएको योगदान अविस्मरणीय छ ।यस आलेखमा वडाकाजी अमरसिंह थापाले नेपाल एकीकरण अभियानमा पु¥याएको योगदानको बारेमा चर्चा गरिएको छ ।
जन्म तथा परिवारीक अवस्था
वडाकाजी अमरसिंह थापाको जन्म वि. सं. १८०८ श्रावण १२ गते गोरखा जिल्लाको सिरानचोकमा ऋषि तर्पणी पूर्णिमाको दिन भीमसिंह थापा र उमादेवीका पुत्रको रूपमा भएको हो । उनका हजुरबुबा रञ्जाई थापा कृषि पेशामा संलग्न थिए । एक समयमा उनी कृषिकार्य गरिरहेका थिए, सोही बेला घरभित्र बालक रोएको आवाज सुने । को रोएछ भनेर आबाजतिर ध्यान दिइरहेका बेला उनकी पत्नीले हास्दै ‘नाति जन्म्यो’ भनेर खुसीको समाचार सुनाइन् । नाति जन्मेको खवर सुनेर उनले खुसी हु¤दै ‘बालक अमर रहोस्’ भने । नभन्दै ती बालक पछि गएर नेपालको इतिहासमा अमर नै बने । यसबाट के प्रमाणित हुन्छ भने उनको जन्म गोरखाको सिरानचोक मै भएको हो । यीनी महाराज कालु थापाका २४ औं पुस्ता हुन् । सिरानचोक गाउ¤पालिका, गाउ¤कार्यपालिकाको कार्यालयले मिति २०८१ श्रावण १५ को निर्णयअनुसार हरेक वर्षको साउन १६ गतेका दिन सिरानचोक गाउ¤पालिका भित्र सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ । अमरसिंह थापाले स्थापना गरेका मठमन्दिर, पाटी, गढी आदिलाई समेट्नेगरी नेपालको पूर्व मेची देखि पश्चिम महाकालीसम्मको भूभागलाई जोड्न अमरसिंह थापा ऐतिहासिक पर्यटन सर्किटको योजना समेत गरिएको छ । यस अभियानलाई साकार पार्न तीनै तहका सरकार, नागरिक समाज र स्थानीय जनताको दर्विलो साथ चाहिएको छ ।

तस्विर १ः वडाकाजी अमरसिंह थापा

तस्विर २ः गोरखा सिरानचोक गाउ‘पालिकामा स्थापना गरिएको शालिक
उनका पिता भीमसिंह थापाले कीर्तिपुरको पहिलो युद्धमा ठूलो वीरता देखाएकाले पृथ्वीनारायण शाहले उनलाई ‘बाघ’को उपाधी दिएका थिए । बाघ भीमसिंहले पलाञ्चोकको युद्धमा वीरगति पाएपछि अमरसिंहले मरवट प्राप्त गरी गोरखा दरबारमा हुर्किए र उमेर पुगेपछी उनले पिताको स्थान लिए । उनी रणजय (रञ्जै) थापाका नाति हुन् भनी बालकृष्ण समको कृति अमरसिंहमा समेत लेखिएको छ । थापा वंशावलीका अनुसार बडाकाजी अमरसिंह थापा ज्यामरुककोटका राजा बगाले कुलका जसोधर (धर्मराज) थापाका २३औं पुस्ता देखिन्छन् । काजी वीरभद्र थापा पनि २३ औँ पुस्ता हुन भनी लेखिएको छ । उनका पा¤चवटी मुखिनी भएको कुरा उनैले राख्न लाएको अभिलेखबाट थाहा पाइन्छ । जेठीको नाउँ धर्मावती, माहिलीको नाउँ रुद्रावती, साहिँलीको नाउँ धर्मदेवी र काइली पत्नीको नाउँ लालवती हो भने कान्छी पत्नी बघाटकी राजकुमारी हुन् । उनका पुत्र काजी रणजोरसिंह थापाले पनि उनीसँगै नेपाल–अङ्ग्रेज युद्ध लडेका थिए । उनका अर्का पुत्र रणध्वज थापा मुख्तियार भीमसेन थापाका सहयोगी काजी थिए । त्यस्तै अर्का छोरा नरसिंह थापाको मोहरछाप मकवानपुरको एक पत्रमा पाइएको थियो ।
अङ्गदसिंह थापा अमरसिंह थापाकी कान्छी पत्नी बघाटबाट विवाह गरेर ल्याइएकी राजकुमारीबाट जन्मिएका हुन् । वडाकजी अमरसिंह थापाकी कान्छी पत्नी बघाट ठकुराईका राजा महेन्द्रसिंहकी छोरी थिइन । इतिहासकार सूर्यविक्रम ज्ञावलीले अमरसिंह थापाको अङ्गदसिंह थापा नाम गरेको छोरा थियो भनेर उल्लेख गरेको देखिन्छ । रणभीम थापाले आफूहरु ११ भाइ भनेको कुराले अमरसिंह थापाको ११ औं छोरा रहेको कुरालाई बल मिल्दछ । जनरल अमरसिंह थापा (सानाकाजी) लाई काकाको स्थानमा मान राखेर भीमसेन थापा र रणवीरसिंह थापालाई दाजुभाइको भाषामा वि.सं. १८९१÷९२ तिर पत्र लेख्दा भुपाल थापाका साथमा अङ्गदसिंह थापा पनि देखिन्छन् । यि अङ्गदसिंह थापा बाबु अमरसिंह थापासंग पश्चिमको युद्धमा संगै हिडेको थिए । तर प्रष्टसंग यिनको योगदानको बारेमा कतै अभिलेखीकरण भएको देखिदैन । यिनको बारेमा जानकारी पाउ¤न थप अध्ययन अनुसन्धानको आवश्यक्ता देखिन्छ । वडाकाजी अमरसिंह थापाका सबै सन्तानहरु युद्धमा होमिएका थिए । त्यसैले यिनी चाहीं युद्धमा भाग नलिइकन बसे होलान भनेर भत्र सकिदैन ।
अमरसिंहकी एउटी मात्र छोरी अम्बिकादेवी रहेको थाहा हुन आएको छ । अम्बिकादेवीको विवाह चन्द्रवीर कु¤वरसंग भएको थियो । यिनीबाट माहिला छोरा बलभद्र कु¤वरको जन्म वि.सं. १८४६ मा (कु¤वर÷बलभद्र÷१) हु¤दा यिनको उमेर १७÷१८ वर्षको हु¤दो हो भनेर मान्दाखेरी यिनको जन्म वि.सं. १८२८÷२९ सालतिर अमरसिंह थापाकी जेठी पत्नी धर्मावतीबाट भएको मान्नुपर्ने हुन्छ ।
नेपाल एकीकरण युद्धमा वडाकाजी अमरसिंह थापाको योगदान
बडाकाजी अमरसिंह थापा नेपाल–अङ्ग्रेज युद्धका समयमा नेपालको पश्चिम किल्लाका सर्वोच्च कमाण्डर हुन् । अमरसिंह थापा नेपालको राष्ट्रिय विभूति हुन् । उनी निर्भय, पराक्रमी, युद्धचातुर्य, इमान्दार र विश्वासी भएकोले राजा रणबहादुर शाहको पालामा अङ्ग्रेजसँगको युद्धमा सुदूर पश्चिमाञ्चलको रक्षाको जिम्मा पाएका थिए । उनी र उनका सैनिकहरू लङ्गुरगढी छोडी १००० कि.मि. ३० दिनमा पार गर्दै मातृभूमिको रक्षार्थ दोस्रो नेपाल तिब्बत युद्धमा नुवाकोट आइपुगेका थिए । त्यसताका अमरसिंह थापालाई अङ्ग्रेजतर्फका जनरल अक्टरलोनीले ठुलो प्रलोभन देखाउदा पनि त्यस्तो लोभ लालचमा नफसी राष्ट्रिय हितलाई सर्वोपरि ठानी वीरतापूर्वक अङ्ग्रेजसँग लडेकाले नेपालले उनलाई राष्ट्रिय विभूतिको रूपमा सम्मान गरेको छ । पृथ्वीनारायण शाहको समयदेखि चार पुस्ताका राजाको शासनकालमा बडाकाजी अमरसिंहले नेपालको राज्य विस्तार र रक्षाका लागि ठूलो पराक्रम देखाए । तर, जीवनको अन्तिम समयमा भूमिकाविहीन अवस्थामा विरक्त भएर तीर्थयात्राकै क्रममा ६५ वर्षको उमेरमा उनले गोसाइकुण्डमा जल समाधी लिई प्राण त्यागे ।
आज पनि उनलाई नेपालको ज्यूँदो बाघ मानिन्छ । डडेलधुरा जिल्लाको अमरगढी नगरपालिकाको नाम यिनको नाममा राखिएको हो । अमरगढी किल्लामा “म बाघको बच्चा डमरू हुँ, सिनो खाने कुकुर हैन” भन्ने यिनको प्रसिद्ध भनाइ सहितको मूर्ति छ । गढी बाहिरपट्टि महादेव मन्दिर र खलङ्गा छ । यो गढीमा नेपाल अंग्रेज युद्धको लागि फौजको सामेली, तालिम र तैनाती गरिएको थियो । यो सुदुर पश्चिमको प्रशासकीय केन्द्रको रुपमा रहेको थियो । अमरसिंह थापाले बाल्नु भएको डोटीको पूर्वीचौकी गाउ¤पालिकास्थित काठमाण्डौंमा रहेको अखण्डदीप अहिलेसम्म पनि निरन्तर बलिरहेको छ ।
गोरखालीले वि.सं.१८२५ असोज १३ गतेकान्तिपुर विजय गरे । त्यस लगत्तै पृथ्वीनारायणले अमरसिंह थापा र रामकृष्ण कुँवरलाई एकै दिन सरदारको पगरी पहिराइदिएका थिए (बाबुराम आचार्य, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी–२०६१ः३५१) । त्यसवेला अमरसिंह थापा केवल १७ वर्षका थिए । सरदार पद पाउनुअघि उनी जेठा बूढाको पदीय दायित्व निर्वाह गर्ने जिम्मेवारी लिएर युद्धमैदानमा उत्रेका थिए (डा. इन्दिरा जोशी, ‘आधुनिक नेपालको निर्माणमा बडाकाजी अमरसिंह थापाको योगदान’–२०६३ः६) ।
नेपाल एकीकरणको सिलसिलामा बडाकाजी अमरसिंह थापाले वि.सं. १८१९ को मकवानपुरको युद्धमा करिब ११ वर्षको उमेरमा जेठा बुढाको भूमिकामा प्रत्यक्ष युद्धदर्शी भइ सहयोगीका रुपमा युद्धमा सहभागी भएका थिए । वि.सं. १८२६ कार्तिक २९ गते गोरखाली सेनाद्वारा भक्तपुरमाथि गरिएको आक्रामणमा अमरसिंह थापाले सक्रिय रुपमा भाग लिएका थिए । वि.सं. १८२८ भदौदेखि काठमाण्डौं उपत्यकाबाट पूर्वी नेपालको एकीकरण अभियानको क्रममा सरदार रामकृष्ण कु¤वरको नेतृत्वमा बडाकाजी अमरसिंह थापा, काजी दामोदर पा¤डे लगायतका वीर योद्धाहरु नायव नेतृत्वको रुपमा खटिइ वि.सं. १८३५ मा टिष्टा क्षेत्रसम्म पुगेका थिए । यस अवधिमा बडाकाजी अमरसिंह थापाले चौदण्डी राज्यको सामरिक दृष्टिकोणले महत्वपूर्ण मानिएको उच्चभेगीय मध्य–उत्तरी भूभाग चिसंखुगढी पनि विजय गरेका थिए । त्यस्तै वि.सं. १८४५ मा बडाकाजी अमरसिंह थापा नेपाल–भोट युद्धमा समेत सहभागी रहे । वि.सं. १८४७ भाद्र ३१ मा बडाकाजी अमरसिंह थापा नेतृत्वको गोरखाली सेनाले सुदूर पश्चिम क्षेत्र दिपायलमाथि आक्रमण गरी विजय ग¥यो । उनकै नेतृत्वको गोरखाली सेनाले वि.सं. १८४७ को प्रारम्भमा सुदूर पश्चिम महाकाली नदीसम्म विजय हासिल गरेको पाइन्छ । बडाकाजी अमरसिंह थापा नेतृत्वको नेपाली सेनाले वि.सं. १८४८ असार १२ मा गढवालको राजधानी श्रीनगर विजय गरी अल्कानन्दसम्मका भूभागहरु नेपाल राज्यमा एकीकृत ग¥यो । उनकै नेतृत्वमा वि.सं. १८४९ सम्ममा नेपाल र सिरमोरबीच एउटा सन्धि हु¤दा नेपालको पश्चिमी सिमाना यमुना नदीसम्म पु¥याउन सफल भएको थियो । त्यसपछि वि.सं. १८६१÷६२ को दशकभरी नै तत्कालीन गोरखा जनरल अमरसिंह थापा नेतृत्वको नेपाली सेनाले किल्लाकाङ्गडाहु¤दै त्यहा¤बाट पश्चिम धेरै टाढा चम्बासम्म हिमालय राज्य विस्तार गरेकाले अमरसिंह थापालाई “हिमाल रणकेशरी” उपाधिबाट सम्बोधन गर्ने गरेको पाइन्छ । अन्तिम युद्धरत् अवस्थामा वाध्यतावशः अमरसिंह थापा र अंग्रेज जनरल डेभिड अक्टरलोनीबीच मे २५, १८१५ मा युद्ध विरामसम्बन्धी एउटा सम्झौता भयो ।
यस सन्धिमा चौतारिया वम शाहले महाकाली नदीको सा¤ध लगाई नेपालकोतर्फबाट काजी चामु भण्डारी, कप्तान अंगद घले र सरदार जसमर्दन थापाले सन्धि पत्रमा हस्ताक्षर गरेका थिए । यो सम्झौताले नेपाल–अंग्रेज युद्धको अन्त्य ग¥यो । लगत्तै यो सन्धीले मे ४, १८१६ को सुगौली सन्धिको प्रारम्भिक वातावरण समेत तयार ग¥यो । यद्यपि तत्कालीन अंग्रेज शक्तिका विविध षड्यन्त्रहरु, दबाब र नेपाल दरबारभित्रको आन्तरिक खिचातानी आदिका कारण सो सुगौली सन्धिले धेरै भूभाग गुम्न गए (थापा, थापा, २०८०ः९४–९६) । यो सन्धि पछि नेपालीहरुले ब्रिटिस सेनामा भर्ना हुने परिपाटी सुरुवात भयो । जसको परिणामस्वरुप कतिपय भगौडा र गोरखा फौजमा रहेका नेपालीहरु स्वच्छाले ब्रिटिस सेनामा भर्ना हुन गए । यस सम्झौताको लगत्तै ब्रिटिस कम्पनीले लुधियाना र गोरखपुरमा भर्तिकेन्द्रहरु खोली भगौडा स्वच्छुक नेपालीहरुलाई बटुलेर छुट्टै गोरखा पल्टन खडा गरेको थियो । नालापानीमा आफ्नो वीरता प्रदर्शन गर्ने कप्तान वीर बलभद्र कु¤वर र अमरसिंह थापाका छोराहरु अर्जुन थापा र भुपाल थापा पनि सुगौली सन्धिपछि लाहोर गए । बलभद्र कु¤वर लाहोरमा भर्ति भएर पंजाव केसरी रणजितको नया¤ खडा भएको रेजिमेन्टको कमाण्डर भई अंग्रेजसंग लड्न गएका थिए । अंग्रेजसंगको युद्धमा अफगानिस्थानमा यिनको मृत्यु भयो ।
अमरसिंह थापा अंग्रेजको शक्तिलाई नजिकबाट बुझ्न सफल भएका थिए । त्यसैले उनी अंग्रेजसंग युद्ध नभई मित्रता कायम गर्न चाहन्थे । उदाहरणको लागि किल्ला काँगडाको पराजयपछी उनको जनरल अक्टरलोनीसंग पत्राचार गरी सिन्धुको किनारसम्म पन्जाब राज्य जिती बाँडेर लिने प्रस्ताव राखेका थिए । त्यसैगरी लुधियानामा रहेका अंग्रेज जनरल अक्टरलोनीका छोरासंग आफ्नो छोरा रामदासको मित लगाइदिएको कुराबाट पनि उनले अंग्रेजहरूसंग मित्रता कायम गर्न प्रयास गरेका थिए भन्ने प्रमाणित हुन्छ ।
विभिन्न कारणबाट अङ्ग्रेजसंग लडाई हुने देखिएपछी अंग्रेजसंग युद्ध गर्ने कि नगर्ने भन्ने विषयमा दरबारमा एक सभाको आयोजना गरियो । उक्त सभामा धेरैजसो भारदारले अंग्रेजसंग युद्ध गर्न नहुने विचार व्यक्त गरेका थिए । त्यतिबेला नेपालले महाकालीदेखि पश्चिमतर्फ विजय गरेका राज्यमाथि राम्रोसंग नियन्त्रण गर्न सकेको थिएन र ती राज्यका भूतपूर्व राजा र जनताले अंग्रेजलाई नै सहयोग गर्ने सम्भावना थियो । त्यसैले अंग्रेजले दावी गरेको भूमी दिएर भएपनि युद्ध रोक्नुपर्ने उनीहरूको भनाई थियो । त्यसैगरी युद्ध गर्ने कि नगर्ने भन्ने विषयमा बुझ्न राजा गीर्वाणयुद्ध विक्रम शाहको नामबाट अमरसिंह थापा, हस्तदल शाही, बम शाह आदीलाई पत्र पनि पठाइयो । तत्कालीन समयमा नेपालको सैनिक शक्ति अंग्रेजको भन्दा कमजोर थियो.त्यसैले अंग्रेजसंग अहिले युद्ध नगरौ, उनीहरूले मागेको बुटवल र स्युराज दिएर युद्ध रोकौं र नेपालले सैनिक सुदृढ गरेपछि आवश्यक परेमा युद्ध गरौला भन्ने सल्लाह अमरसिंहले दरबारमा पत्र पठाएका थिए । उक्त पत्रको व्यहोरा यस प्रकार थियो –
“अंग्रेजहरू नेपालभन्दा शक्तिशाली भएकाले नेपालको युद्ध गर्ने उचित अवस्था छैन, यो युद्ध शुरु भएमा निकै लामो र भयङ्कर हुनेछ, त्यसमाथि पनि पश्चिम इलाकाको अवस्था राम्रो छैन, युद्ध भएमा जितेका राज्यका राजाहरूले पनि अंग्रेजहरूलाई नै सहायता गर्नेछन्, अहिलेसम्म हामीले मृगको सिकार मात्र गरेका छौं तर यो लडाईं भनेको हामीले बाघको सिकार गर्न तयार हुनु हो, युद्ध भनेको अत्यन्त गाह्रो काम हो, रणक्षेत्रमा उत्रेका योद्धालाई मात्र युद्धको मर्मको ज्ञान हुन्छ, साधारण तथा युद्ध अनुभवहीन व्यक्तिलाई युद्धको ज्ञान हुँदैन, यदि अंग्रेजसंग नेपालको युद्ध भयो भने चार पुस्ता देखि आर्जेको नेपालको सम्पूर्ण व्यवस्था बिग्रनेछ, अंग्रेजहरूले माग गरेको भूभाग दिएर भए पनि युद्ध रोकियोस् ।”
अंग्रेजी र नेपाली फौजको संरचनामा लिइएको रणनीति हेर्दा अंग्रेज फौजले पूर्ण रुपमा आक्रामक नीति लिएको देखिन्छ । नेपाली फौजलाई पराजित गरी ठूलो दबाब दिई नेपालले केही समय अगाडी विजय गरेका कुमाउँ, गढवालका साथै बाह्र राई, अठार थकुराईलाई त्याग्न लगाउने रणनीति अंग्रेजको थियो भने अमरसिंहको रणनीति रक्षात्मक थियो, किनभने नेपाललाई कुनै भूमि वा प्रदेश प्राप्त गर्नु थिएन । केवल जितिएका क्षेत्रको सुरक्षामात्र गर्नु थियो । त्यसैले उनले आफ्ना फौजलाई विभिन्न किल्ला र गढीहरूमा प्रत्याक्रमण गर्नका लागि राखेका थिए ।
अमरसिंह थापाले अरु सबै ठाउँमा आफ्ना सेनालाई रक्षात्मक युद्ध गर्न आदेश दिएका थिए भने देउथलमा मात्र आक्रामक युद्ध लड्ने आदेश दिएका थिए । अंग्रेजको तोपले नेपालीको आक्रमण निष्फल गराउने र किल्ला भत्काउने गरेकाले देउथलको युद्धमा अंग्रेजको तोप नै नष्ट गर्ने वा कब्जा गर्ने रणनीति अमरसिंहको थियो ।
उनले गरेका प्रमुख योगदानहरू यस प्रकार छन् –
य नेपालको एकीकरणमा योगदान पश्चिम नेपालका जुम्ला, डोटी, कुमाउँ, गढवाल, देहरादुन, श्रीनगर तथा कांगडालाई नेपालमा गाभ्ने काममा नेतृत्व गरे ।
य उक्त कामका लागि डडेल्धुरा जिल्लामा भूगोलिय दृष्टिले उच्च र मजबुत किल्ला बनाएका थिए जसलाई अङ्ग्रेजले पार गर्न असफल भए । त्यस किल्लाबाट सारा पश्चिम क्षेत्रको विजय हुँदै गयो ।
य पाल्पालाई नेपालमा गाभे ।
य महाकाली नदी भन्दा पश्चिमका राज्यहरूको संरक्षकको रूपमा सेवा प्रदान गरे ।
य पञ्जाबका राजा रणजीतसिंह विरूद्ध युद्ध गरेका थिए ।
य अंग्रेजले नेपाल विरूद्ध युद्ध शुरू गरे पछि नाहान, चम्बा, अल्मोडा, कांगडा, देहरादुन आदि ठाउँमा युद्ध लडे ।
य डेभिड अक्टरलोनीका पुत्र र अमरसिंहका पुत्र रणजोरको मितेरी सम्बन्ध भएतापनि अलिकति पनि सङ्कोच मानेनन् ।
य गङ्गा नदीको उदगमस्थल गंगोत्रीमा एउटा मन्दिर स्थापना गरेका थिए जुन् अहिले भारतिय हिमालयको चार धाम बन्न पुगेको छ ।
नेपाल–अङ्ग्रेज युद्धपछि वडाकाजी अमरसिंह थापामा वितृष्णा जाग्यो । उसै त उनलाई भूमिकाविहीन बनाइएको थियो । उनले आफूलाई निष्क्रिय बनाए । भीमसेन थापासँग उनको भित्री आँत मिलिरहेको थिएन । त्यसैले उनी मानसिक शान्तिका लागि गोसाइँकुण्ड गएका थिए । उनी असहाय अवस्थामा थिए । उनको कुनै रेखदेख भएन । उनी गोसाइँकुण्ड पुगेर त्यहीं दुई महीना जति बसे । त्यहाँ दशहराको मेला भर्न उनी वि.सं.१८७३ जेठमा गएका थिए । जनैपूर्णिमाको मेला भरेर काठमाडौं फर्कने उनको विचार थियो । त्यसैले त्यहाँ उनी पूजापाठ गरेर बसेका थिए । तर, जनैपूर्णिमाको १० दिनअघि साउन शुक्ल चतुर्थी उप्रान्त पञ्चमी वि.सं. १८७३, साउन १६ गते राति पौने १२ बजे उनको निधन भयो । निधन हुनुभन्दा १०÷१२ दिनदेखि उनी शूलको व्यथाले थलिएका थिए । बघाटबाट विहे गरेर ल्याइएकी उनकी कान्छी मुखिनी उनीसँगै भएकीले आफ्ना पतिको लाशसँगै सती गइन् । डोटीबाट बिहे गरेर ल्याइएकी मुखिनी चाहिं काठमाडौं घरैमा भएकीले उनले आर्यघाटमा सतीका लागि अनुमरण गरिन् । उनको सम्झनामा धादिङ जिल्ला, थाक्रे गाउ¤पालिका वडा नं. ६ रानीबारीमा राष्ट्रिय विभूति अमरसिंह थापा संग्रालय स्थापना गरिएको छ । राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठान केन्द्रिय कार्यालय बत्तीसपुतली, काठमाण्डौंलाई धादिङ जिल्ला, थाक्रे गाउ¤पालिका वडा नं.६ मैदानटोल निवासी श्री यज्ञबहादुर थापाको नाती श्री हरिबहादुर थापाको छोरा श्री जगतबहादुर थापा (वर्ष ६९) ले प्रतिष्ठानको कार्यालय भवन निमार्णको लागि ५ आना १ पैसा भूमिदान गरेका छन् । तर यो जग्गा सडकसंगै जोडिएर रहेको हु¤दा केही क्षेत्रफल बाटोमा पर्न गएको छ । साथै थाक्रे गाउ¤पालिका वडा १० मा उनले स्थापना गरेका कुल देवताको मन्दिरको पनि संरक्षण गरिएको छ ।
इतिहासकार सूर्यविक्रम ज्ञावली भन्छन् “अमरसिंह थापाले आफ्नो आदर्श सिद्धिका निम्ति जो त्याग देखाए तथा स्वदेशप्रति उनको जस्तो प्रेम थियो तिनले हामीलाई दधीचिका आत्मत्यागका कथाको स्मरण गराउ¤छन् ।” नेपालको सैनिक इतिहासमा सबैभन्दा लामो समयसम्म काजी हुने र युद्ध सञ्चालन गर्ने बडाकाजी अमरसिंह थापा नै थिए । नेपाल एकीकरणमा उनी अत्यन्तै सफल कमाण्डर हुन । उनी महान वीर सैनिक भएको कुरामा शङ्का नै छैन ।
यस्ता देशभक्तहरुको कुनै आग्रह तथा पूर्वाग्रह नराखी मूल्याङ्कन हुन् जरुरी छ । विभित्र इतिहासकार, लेखक तथा पत्राकारहरुले भीमसेन थापा र वडाकाजी अमरसिंह थापाबीच चर्को द्वन्द्व भएको कुरा बढाई चढाई गरेर बगाले थापाहरुबीच नै फाटो ल्याउने जो प्रयास भइरहेको देखिन्छ । यो कुराप्रति सबै बगाले थापा बन्धुहरु चनाखो भइ बगाले थापाबीचको एकतामा भा¤जो हाल्ने षड्यन्त्रको पर्दाफास गर्नुपर्दछ । हरेक व्यक्तिका आफ्ना विचार तथा दृष्टिकोणहरु फरक फरक हुनु स्वभाविकै हो । त्यही कुरालाई पहाड बनाएर वर्तमान अवस्थामा बगाले थापाहरुबीच वादविवाद तथा द्वन्द्व चर्काएर एकता खलबल्याउने दुस्साहस कतैबाट हुनुहु¤दैन । यसले बगाले थापाहरुको अधिकार प्राप्ति र आफ्नो मान सम्मानमा चोट पुग्नेछ । हामीले त इतिहासबाट पाठ पो सिक्ने हो र देश र जनताका लागि उज्जवल भविश्यको मार्गचित्र कोर्ने हो ।
राष्ट्रिय विभूति बडाकाजी अमरसिंहबाट सिकाई
वडाकाजी अमरसिंह थापाको जीवनबाट पॉच कुरा सिक्न सकिन्छ –
१. तत्कालीन गोरखा राज्यको मरवट नीति,
२. अध्ययनशीलता वा युद्धको स्थलगत अवलोकन,
३. सांस्कृतिक प्रभाव,
४. स्थानीय स्रोत साधनको उपयोग, र
५. जनता नै लडाईमा संलग्न ।
यी पॉच पक्षको बारेमा अब केही विवेचना गरौं ।
१. तत्कालीन गोरखा राज्यको मरवटनीतिः गोरखा राज्यको मरवट नीतिकै कारण ८ वर्षको उमेरमा टुहुरो भएका अमरसिंह थापाको पालन पोषण पृथ्वीनारायण शाहको संरकत्वमा नुवाकोट दरवारमा भएको थियो । उनले सानै उमेरमा पृथ्वीनारायण शाहबाट शिक्षा दीक्षा प्राप्त गर्ने अवसर पाए । पृथ्वीनारायण शाहको आदर्शबाट प्रभावित भई उनले नेपाल एकीकरणको अभियानमा भएको युद्धमा धेरैजसो लडाई जितेका थिए । यदि गोरखा राज्यको मरवट नीति नभईदिएको भए अमरसिंह थापाजस्ता वीर यौद्धाको नेपाली इतिहासमा नाम सुत्र र पढ्न पाइने थिएन । मरवट नीति अन्तर्गत लडाईमा वीरगति प्राप्त गरेका छोरा छोरीहरुको पालन पोषण दरवारले नै गर्दथियो । छोरी ठूली भएपछि राज्यकै खर्चमा दुलाहा खोजेर विवाह पनि गरी दिने चलन थियो । यसो हुने भएपछि लडाकुहरु ढुक्क भएर युद्ध मैदानमा लड्दथे । त्यसकारण लोक कल्याणकारी राज्यको नीति र यसको सही व्यवहारिक प्रयोग भत्रे सवाल धेरै महत्वपूर्ण हुन्छ ।
२. अध्ययनशीलता वा युद्धको स्थलगत अवलोकनः वडाकाजी अमरसिंह थापा युद्ध मैदानमा शत्रु पक्षको बारेमा गहन अध्ययन गर्दथे । अवलोकन पश्चात् कमाण्डरको हैसियतले शत्रुको कमजोर विन्दूमा प्रहार गर्न खप्पिस थिए । त्यसैले उनले नेतृत्व गरेको लडाइमा प्रायः हार व्योहोर्नु परेको देखिदैन । त्यसकारण अध्ययन, अनुसन्धान र त्यसमा आधारित ज्ञानको माध्यमले कुनै पनि व्यक्तिले आफ्नो जीवनमा चाहेजस्तो सफलता हात पार्न सक्दछ ।
३. सांस्कृतिक प्रभावः वडाकाजी अमरसिंह थापा नेपाल एकीकरण अभियानमा जहा¤ जहा¤ पाइला टेके त्यहा¤ उनले विभित्र देवी दवताको मन्दिर निर्माण गरका छन् र पूजा पाठ गर्ने चलन चलाएका छन् । यसले गर्दा आजसम्म पनि नेपाली लडाकुहरुले पाइला टेकेका ठाउ¤हरुमा ती सास्कृतिक सम्पदा यथावत् नै छन र नेपाली संस्कार, रहन सहन, संस्कृति र धर्मको प्रभाव परीरहेकै देखिन्छ । कुमाऊ र गढवालका जनता अझै पनि अप्ठेरा परेको अवस्थामा तत्कालीन नेपाली शासकलाई आदरपूर्वक संझना गर्दछन् ।
४. स्थानीय स्रोत साधनको उपयोग ः पश्चिमको लडाइमा नेपाली सेनाले आफ्नो स्थानीय स्रोत साधन (स्थानीय हतियार, युद्ध कौशल, रैथाने ज्ञान, सीप आदि) को उपयोग गरेर नै शत्रुसंग युद्ध लडेका थिए । वडाकाजी अमरसिंह थापाले नेतृत्व गरेको नेपाली सेनाले दुई वर्षसम्म तलव नपाइकन पनि युद्ध मैदानमा निरन्तर रुपमा लडेका थिए । यो नेपाल राष्ट्र निर्माणमा जनताले पु¥याएको ठूलो योगदान हो । यस्तो महान त्याग र बलिदानको कदर नेपाली इतिहासमा प्रष्टसंग उल्लेख हुनैपर्छ ।
५. जनता नै लडाईमा संलग्नः नेपाली सेनामा महिला, पुरुष, बालबालिका, जेष्ठ नागरिक आदि सबै सामेल हुन्थे । आफू लडाईमा जा¤दा आफूसंग भएका बस्तुभाउ¤ पनि संगै लिएर जाने चलन थियो । त्यसैले नेपालको एकीकरण तथा राज्य विस्तारको अभियानमा व्यापक जनताको सहभागीता थियो भत्रे बलियो आधार मात्र सकिन्छ । यस देशभक्तिपूर्ण लडाइमा नेपाली जनताको तन, मन तथा भावनासमेत जोडिएको पाइन्छ । नेपाली जनताको व्यापक सहभागीता भएकोले नै नेपाल एकीकरण अभियान सफल भएको थियो ।
यदि वडाकाजी अमरसिंह थापाको सोंच अनुसार नै युद्ध लडेको भए संसारचन्दलाई आत्मसमरपण गर्न लगाई हिमाञ्चल प्रदेशको काङ्गडा किल्ला कब्जा भई नेपाली सेनाले कास्मिरसम्म विजय गर्ने संभावना प्रवल थियो । यो अवस्थामा पूरा हिमवतखण्ड नेपालभित्र पर्ने थियो र दक्षिण एशियाको मानचित्र तथा भू–राजनीतिक शक्ति संरचना अर्कै हुनेथियो । अमरसिंह थापाको लक्ष नेपालको सिमाना कास्मिरसम्म पु¥याउने थियो ।
तत्कालीन समयमा नेपाल अंग्रेज बिचको युद्धमा सरिक भएका फौजी जवानहरु, भगौडा सैनिकहरु र नेपाली सैनिकहरु महाकाली पारी देहरादुन, मलाया, नैनीताल, आल्मोडा, पूर्वी सिक्किम, दार्जलिङ, कलकत्ता, आसामलगायत उत्तराञ्चल प्रदेशका विभित्र ठाउ¤मा घरजम गरेर बसेका छन् । तिनीहरु अहिले पनि हामी नेपाली हौं भनी गर्वगर्दछन् । तिनीहरु भारतीय भूमिमा बसे तापनि नेपाल र नेपालीसंग रगत र माटोको सम्बन्ध जोडिएको छ । वडाकाजी अमरसिंह थापा जहा¤ जहा¤ पुग्दथे त्यहा¤ आफ्ना इष्ट देवीदवता निसानकालिका, दुर्गाका मन्दिरहरु स्थापना गर्दथे । यसबाट नेपाली संस्कृति, संस्कार र सभ्यता ती ठाउ¤हरमा फैलाउन सहयोग पु¥याएको छ । वडाकाजी अमरसिंह थापाले निर्माण गरेका मन्दिरका पुजारीहरुले सम्मानपूर्वक उनको नाम लिने र उनी बसेको दरवारलाई होटलमा परिणत गरी उनकै नाममा कोठाको नाम राख्ने व्यवस्था गरेको छ । अंग्रेजहरुले पनि नेपालीको वीरताको प्रशंसा गर्दै नालापानीमा स्मारक निर्माण गरीदिएको छ । हरेक वर्ष यहा¤ नेपाली भाषीहरुले नेपाली वीरहरुको सम्मानमा कार्यक्रम गर्दै आएका छन् ।
वडाकाजी अमरसिंह थापाको व्यक्तित्व
वडाकाजी अमरसिंह थापाको व्यक्तित्वको सवालमा चर्चा गर्दा उनका केही उद्गारहरुको मनन् गर्नु पर्ने हुन्छ, जसबाट उनको व्यक्तित्व जान्न सकिन्छ —
ड्ड “सिंहका बच्चाहरु कहिलेकाहीं आफू—आफूमा घार्रघुर्र गर्छन् तापनि कसैसंग दब्बदैनन्, यहि नै छेत्रीहरुको परम्परा हो ।”
ड्ड “म बाघको डमरु हु‘, मलाई सिनो खाने कुकुर नसम्झ ।”
ड्ड “खुकुरी हाम्रो गौंरवको चिह्न र राज्यविस्तारको साधन हो । जहिलेसम्म चन्द्रसूर्य पताका हिमाल प्रान्तभर फरफराउने छैन उहिलेसम्म हामी हात बॉधेर बस्नेछैनौं ।”
ड्ड “सधैं घाम लाग्दैन, सधैं दिन पनि रह‘दैन, यो प्रकृतिको नियम हो । उत्थान—पतन भई नै रहन्छ । प्रगतिमा लाग्न धुन चाहिन्छ । बडामहाराजको हामी सबैलाई यही शिक्षा छ ।”
ड्ड “जहॉसम्म पुरुष बाघजस्ता हुन्छन् त्यहॉसम्म रणक्षेत्रमा नारीहरुलाई कष्ट दिंदैनन् । नेपालीहरु मृत्युदेखि डराउ‘दैनन् ।”
अमरसिंह थापाका नाममा विभिन्न स्थानमा विभिन्न संस्थाहरुको स्थापना पनि गरिएका छन् ः जस्तै — अमरसिंह चोक (पोखरा, कास्की), अमरसिंह पथ (जनकपुर—माडी सडक), अमरसिंह मा.वि. (हसनदह, मोरङ), अमरसिंह मा.वि.(साहेबगन्ज,सुनसरी), अमरसिंह मा.वि.(लामाचौर, पोखरा), अमरसिंह मा.वि.(सौतामारे प्यूठान) आदि । यी सबै कुराहरुबाट उनको व्यक्तित्व बढ्दै जानुको साथै सम्झना पनि ताजा रहने हुन्छ (थापा, विनोद, २०७०) ।
निष्कर्ष
वडाकाजी अमरसिंह थापा नेपालका राष्ट्रिय विभूति हुन् । पृथ्वीनारायण शाहले थालनी गरेको नेपाल एकीकरणको अभियानलाई यिनै बडाकाजी अमरसिंह थापाले पूरा गरेका हुन भन्दा अतिशयोक्ति हुँदैन । अमरसिंह थापाले पूर्वको तुलनामा पश्चिमतर्फको एकीकरण अभियानमा ठूलो बलिदानी गरेका थिए । वि.सं. १८३८ पुस–माघ महिनातिर पर्वत, लमजुङ र तनहुँतर्फका चौवीसी राज्यहरू मिलेर गोर्खाली फौजमाथि आक्रमण गर्न थालेपछि अमरसिंह थापाको नेतृत्वमा एक फौज पश्चिमतर्फ अगाडि बढयो । यो फौजले चौबीसी राज्यका संयुक्त फौजलाई परास्त गरेपछि लमजुङे फौजका अफिसर भक्ति थापा नेपाली फौजको अफिसरमा भर्ना भए । अमरसिंहले नेतृत्व गरेको फौजले बाग्लुङ आक्रमण गरी सोझै पश्चिमतर्फ मुसिकोट, जाजरकोट, प्युठान, दाङ हुँदै कर्णाली नदी तरी डुम्रीकोट र तारिमघाटमा अछाम र डोटीलाई पराजित ग¥यो । वि.संं. १८४७ को प्रारम्भसम्ममा उनको फौज पश्चिमी महाकाली (शारदा) नदीसम्म पुगेको थियो । यो फौज महाकाली नदी तरी अल्मोडा हुँदै गढवालसम्म पुग्यो । गढवालसँग युद्ध चलिरहेको अवस्थामा यता चीनले नेपालमा आक्रमण गरेको खबर प्राप्त भएपछि अमरसिंह थापा वि.सं. १८४८ मा गढवालसँग सन्धि गरी भोटतर्फ लागे ।
चीनसँगको लडाइमा पनि अमरसिंहको फौज कुती, केरुङ हुँदै शिकारजोङसम्मको लडाइँमा अग्रता हासिल गरिरहेको थियो तर बीचैमा नेपाल र चीनबीच सन्धि भयो । यही समयमा शक्तिमा पुगेका दामोदर पाँडेले कम्पनी सरकारसँग सन्धि गर्दा उक्त सन्धिको विरोध गरेको भन्दै अमरसिंह थापालाई कैद गरियो । उता रणबहादुर शाह, भीमसेन थापा र वंशराज पाण्डेलाई काशीमै अङग्रेजको नजरबन्दमा राख्ने प्रबन्ध मिलाइयो तर काशीबाट रानी राजराजेश्वरी देवी फर्केर गीर्वाणयुद्धविक्रम शाहको नायबी आफ्नो हातमा लिएपछि अमरसिंह थापालाई कैद मुक्त गर्दै काजी बनाइन । दामोदर पाँडेको पतन र भीमसेन थापाको उदयसँगै नेपाल एकीकरणको अभियानलाई पूरा गर्न पुनः अमरसिंह थापाको नेतृत्वमा भक्ति थापा र हस्तदल शाहसहितको फौज गढवालतर्फ पठाइयो ।पूर्वमा टिस्टादेखि पश्चिममा काँगडासम्मको राज्य विस्तारमा उनी पूर्ण सफल पनि भए । उनी कुशल योद्वा मात्र नभई चतुर राजनीतिक नेता र कूटनीतिज्ञ पनि थिए ।एकीकरणका नायक पृथ्वीनारायण शाहको राष्ट्रिय सपना पूरा गर्न बडाकाजी अमरसिंह थापा ११ वर्षको उमेरदेखि ६५ वर्षको उमेरसम्म ५४ वर्ष देशको पूर्व, पश्चिम, उत्तर, दक्षिण चारैतर्फ एकीकरण युद्धमा प्रत्यक्ष होमिएका घटनाक्रमले यो पुष्टि गरेको छ कि उनी नेपालको ‘राष्ट्रिय विभूति’, ‘जिउँदो बाघ’, ‘बडाकाजी’, ‘हिमाल रणकेशरी’ आदिबाट सम्मानित, र विभूषित छन् । उनको जीवन नै सैनिक सेवामा व्यतीत भएकोले उनलाई इतिहासले उच्चकोटीको योद्धा, देशभक्त र निष्कलंक सेनानायकको रुपमा स्थापित गरेको देखिन्छ । आजसम्म पनि उनी राष्ट्रका गौरव र देशभक्तिको प्रतीकको रुपमा नेपालीहरुको मनमा पूजनीय छन् र अजर अमर रही रहनेछन् । अस्तु ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.