आश्विन ८ गते शनिबार बृहत नि:शुल्क आयुर्वेद स्वास्थ्य शीविर हुने

गाेरखा
गोर्खाको पालुङटार -७ ओशाे कैलाश आश्रम मा  असाेज ८ गते बृहत नि:शुल्क आयुर्वेद स्वास्थ्य शीविर हुने भएको छ ।
ओशाे कैलाश आश्राम पालुङटार , सरस्वति तमु आमा समुह पालुङटार र राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल ( RAAN ) गण्डकी प्रदेशको को संयुक्त आयोजनामा साे शिविर हुन लागेकाे अाेशाे कैलास अाश्रमका सञ्चालक सुवास थापाले जानकारी दिनुभयाे ।
नेचर केयर होम प्रा. लि .आयुर्वेद हस्पिटल पोखरा , संगमो आयुर्वेद फर्मा डुम्रे तनहुँ र कुशुम कृष्ण आयुर्वेद फर्मा तेर्सापट्टि पोखराको विशेष सहयोगमा साे शिविर सञ्चालन गर्न लागिएकाे समेत थापाले बताउनुभयाे । शिविरमा जुनसुकै राेगका विरामीहरूलाइ नि: शुल्क जाँच गरिनुका साथै अाैषधी समेत बितरण गरिने बताइएकाे छ ।
बिहान १० बजेदेखि स्वास्थ्य शिविर सञ्चालन हुनेछ । शिविरमा पाेखरा का बरिष्ठ अायुर्वेद डाक्टरहरूले स्वास्थ्य परीक्षण गराउनेछन् ।
बिगत केही बर्षअघिदेखि पालुङटार ७ च्याङलीकाे खाेलाघाटमा अाेशाे कैलास ध्यान केन्द्र निर्माण गरी याेग, ध्यान तथा विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै अाइरहेकाे छ ।
सम्पर्क न.9846163327
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.