Gorkha Sansar

पूजा सामग्रीको घिउ खाँदा ओमकार आयुर्वेद गुरुकुलका ९ बटुक बिरामी

गोरखा।

डुम्रेबाट ल्याइएको पूजा सामग्रीको घिउ सेवन गर्दा ओमकार  योग आयुर्वेद गुरुकुल पालुङटार ७ च्याङ्ली, चुँदीघाट का ९ जना बटुक बिरामी परेका छन्। हवनका लागि ल्याइएको घिउ बटुकहरूले खाएपछि उनीहरूमा वान्ता, कमजोरी तथा असहज स्वास्थ्य समस्या देखिएको गुरुकुलले जनाएको छ।
गुरुकुलका गुरु आचार्य गोविन्द रेग्मीका अनुसार हवन प्रयोजनका लागि ल्याइएको घिउ सेवन गरेलगत्तै केही बटुकहरूमा स्वास्थ्य समस्या देखिन थालेपछि उपचारका लागि अस्पताल लगिएको हो।
बिरामी परेका सबै बटुकहरूको बन्दिपुर अस्पतालमा उपचार भइरहेको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको जानकारी प्राप्त भएको छ। घटनापछि घिउको गुणस्तर तथा बिरामी पर्नुको कारणबारे थप अनुसन्धान भइरहेको बताइएको छ।
घटनाले पूजा सामग्रीको गुणस्तर तथा खाद्य सुरक्षाप्रति थप सतर्कता अपनाउनुपर्ने आवश्यकता औंल्याएको छ। स्थानीयवासी तथा अभिभावकहरूले पनि सम्बन्धित निकायबाट घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेका छन्।

तस्बिरः घिउ सेवनपछि अस्वस्थ बनेका ओमकार आयुर्वेद गुरुकुलका बटुकहरू।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.