गाेरखामा १५ महिनादेखि १५ बर्षसम्मका ६१ हजार बढी बालबालिकालाइ टाइफाइडविरुद्धको खोप लगाइने

गोरखा । जिल्लामा चैत २५ गतेदेखि बैशाख १० गते सम्म १५ दिनकाे अवधिमा जिल्ला भित्र रहेका १५ महिना देखि १५ वर्ष मुनिका ६१ हजार भन्दा बढि बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएकाे छ ।

जिल्ला स्वास्थ्य कार्यालय गाेरखाले दिएकाे जानकारी अनुसार ११ ओटा स्थानीय तहका ६१४९६ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य छ ।  जिल्ला भित्रका तीन सय ८२ खोप केन्द्रबाट खाेप लगाइने जनस्वास्थ्य अधिकृत विद्या तामाङले बताइन ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.