गोरखामा जिल्लामा फेरि कोरोना संक्रमितको दर बढ्दै

गोरखा २९, असार :

गोरखामा जिल्लामा फेरि कोरोना संक्रमितको दर बढ्न थालेको छ । दैनिक ४ जनासम्म संक्रमण दर घटेको गोरखामा पछिल्लो पटक फेरि अजिरकोट गाउँपालिकमा केही दिन यता संक्रमण फैलिन थालेसंग परिक्षणका दायरा पनि बढाईएको छ । सोमबार १४२ जनामा एन्टिजेन परिक्षण गर्दा २१ जनामा संक्रमण देखिएको छ । अन्य ३ स्थानिय तहमा ८ जनामा पनि संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

सोमबार अजिरकोट गाउँपालिकामा ७४ जना महिला र ६८ जना पुरुषमा एन्टिजेन परिक्षण गरिएको थियो । त्यस मध्ये ९ जना महिला र १२ जना पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै गरी आरुघाट, शहिद लखन र भिमसेन थापा गाउँपालिकामा पनि गरिएको एन्टिजेन परिक्षणका क्रममा थप ८ जनामा संक्रमण देखिएको छ ।

कार्यालयका अनुसार आरुघाट र शहिद लखनमा गरिएको एन्टिजेन परिक्षणका क्रममा १/१ जना महिला र पुरुषमा संक्रमण देखिएको छ भने भिमसेन थापा गाउँपालिकामा ४ जना महिला र २ जना पुरुषमा संक्रमण देखिएको छ । सोमबार साँझ सम्म जिल्लाको विभिन्न स्थानिय तहमा २४९ जना सक्रिय संक्रमित रहेको पनि कार्यालयले जनाएको छ ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.