बारपाक सुलिकोट गाउँपालिकाका ३ जना महिलामा डेल्टा भेरियन्ट भेटियाे

गोरखा २७, असार ।

गोरखा जिल्लामा कोरोना भाइरस (कोभिड १९) को नयाँ भेरियन्ट डेल्टा भेटिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार जिनोम सिक्वेन्सिङका लागि गएको जेठ ३१ गते काठमाण्डौमा पठाइएका गोरखाका ३ वटा नुमना मध्ये सवैमा डेल्टा भेरियन्ट भेटिएको हो ।

डेल्टा भेरियन्ट भेटिएकाहरु जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाका ३ जना महिला रहेको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा आइतबार नै स्याङजाको कालीगण्डकी गाउँपालिकाका थप दुई पुरुषमा पनि डेल्टा भेरियन्ट पुष्टी भएको हो ।

नेपालमा दोस्रो लहरको कोभिड संक्रमणमा सबैभन्दा धेरै संक्रमितमा डेल्टा भेरियन्ट देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । पछिल्लो समय नेपालमा ९ जनामा डेल्टाको म्युटेन्ट भेरियन्ट एवाई.१समेत पुष्टि भइसकेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.