Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
काेभिड संक्रमण बढेपछि वडामा कडाइ गरिँदै, ३९ जनाकाे परीक्षणमा २० जनामा संक्रमण पुष्टि

काेभिड संक्रमण बढेपछि वडामा कडाइ गरिँदै, ३९ जनाकाे परीक्षणमा २० जनामा संक्रमण पुष्टि

जेठ १४,

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ८ मा संक्रमण बढेसँगै कडाइ गर्ने निर्णय गरेकेा छ । वडाभित्रका केही टाेलहरूमा संक्रमण दर बढ्दै गएपछि समस्या हुन सक्ने भन्दै थप कडाइ गर्ने निर्णय गरेकाे वडा नं. ८ का वडाध्यक्ष शंकरराज कंडेलले बताउनुभयाे ।

निर्णयअनुसार  जेठ १४ गतेदेखि जेठ २१ गतेसम्म वडाभित्र अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरिनेछ ।

अाज एक बैठक बसी एम्बुलेन्स र अाैषधी सेवा बाहेक अन्य सबै सेवाका लागि वडाकाे पास अनिवार्य अावश्यक पर्ने बनाइएकाे छ ।

एम्बुलेन्स, खाद्यान्न, अाैषधी, दाना, चल्ला, पानी बाहेकका अन्य सबै सेवा बन्द गर्न समेत अनुराेध गर्ने निर्णय गरिएकाे बताइएकाे छ ।

यसअघि ३९ जनामा गरिएकाे पि.सि.अार. परीक्षणमा २० जनामा संक्रमण पुष्टि भएपछि यस्ताे निर्णय गर्न बाध्य भएकाे धुवाँकाेट स्वास्थ्य चाैकीका इन्चार्ज लक्ष्मण श्रेष्ठले बताउनुभयाे ।

जेठ १५ गते शनिवार बिहान ८ पा न पा ८ स्थित धुवाकाेट स्वास्थ्य चौकी (प्रसुतिकेन्द्र) मा पिसिअार टेष्ट (स्वाब सङ्कलन) हुने भएकोले सङ्क्रमितकाे सम्पर्कमा पुगेका र लक्षण देखिएका व्यक्तिहरुले सम्पर्क गर्न वडाध्यक्ष कंडेलले अनुराेध गर्नुभएकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.