स्वास्थ सामग्रीसहित चिकित्सकको टोली लिएर नेकपा (माओवादी) केन्द्रका नेता श्रेष्ठ गृह जिल्ला गोरखामा

काठमाडौं, ३ जेठ ।

नेकपा (माओवादी) केन्द्रका नेता नारायणकाजी श्रेष्ठ स्वास्थ सामग्रीसहित चिकित्सकको टोली लिएर गृह जिल्ला गोरखा अाउनुभएकाे छ । उहाँ सोमवार चिकित्सक, ल्याब टेक्निसिएन र अन्य केही स्वयँसेवकसहित गोरखा अाउनुभएकाे हाे।

गोरखाको बिभिन्न ठाँउहरुमा कोभिड संक्रमण बिस्तार भैरहेको र कोभिड हटस्पट बन्दै गैरहेको भन्दै आफुले अभियान थालेको उहाँले बताउनुभएकाे छ।

उक्त टोलीले केही लक्षण देखापरी शँकास्पद रहेका कोभिड बिरामीसँग सम्पर्कमा रहेकाहरुको तत्काल एन्टिजेन टेष्ट, बिरामीहरुको परीक्षण,आवश्यक परामर्श एवम् तत्काल संभव औषधी, स्वास्थ्य सस्थाहरुलाई केही स्वास्थ्य सामाग्री हस्तान्तरण र स्थानिय सराकारका जनप्रतिनिधि एवम् स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुसँग कोभिड केन्द्रित छलफलको काम गर्नेछ ।

नेता श्रेष्ठले केहीदिन अघि गोरखा पुकेर डिसिसिएमसिको बैठक, पालिकाका स्वास्थ्य कोर्डिनेटरहरुसंगको सामुहिक छलफल गर्नुभएकाे थियाे । उहाँले त्यस अबसरमा गोरखा अस्पतालको स्थितिबारे जानाकारी लिदै गोरखामा कोभिड संक्रमणको रोकथाम, नियन्त्रण र उपचारकाबारेमा तात्कालिक योजना निर्माणमा सहभागी भएर त्यहाको अवस्थाको जानकारी समेत लिनुभएकाे थियाे ।

त्यस लगत्तै नेता श्रेष्ठले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा बिभाग समेतको सहयोगमा गोरखा अस्पताल र जिल्ला जनस्वास्थ्य कर्यालयलाई केही स्वास्थ्य सामाग्री उपलब्ध गराउनुभएकाे थियाे।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.