च्याङली स्वास्थ्य चाैकीमा स्क्रिनिङ क्याम्प सम्पन्न, १९ प्रतिशतमा माेतियाबिन्दु

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं.७ काे च्याङली स्वास्थ्य चाैकीमा अाज माेतियाबिन्दुकाे स्क्रिनिङ क्याम्प सम्पन्न भएकाे छ ।

जसमध्ये  १३३ जनाले सेवा लिएका थिए । सेवा लिएकामध्ये ७० जना  महिला र ६३ जना  पुरूष थिए । लक्षित जनसंख्या ३२८ जना मध्य जम्मा ४१ प्रतिशत जनसंख्याले सेवा लिएका र सेवा लिएकामध्ये १९ प्रतिशतमा माेतियाविन्दु भएकाे च्याङ्ली स्वास्थ्य चाैकीका इन्चार्ज भरतराज पाण्डेले जानकारी दिनुभयाे ।

माेतियाविन्दु देखा परेका सवैलाई मिति २०७७ साल पाैष ११ गतेका दिन शल्यक्रिया बाट उपचार गर्नका निम्ति अापपिपल अस्पतालमा लैजाने व्यवस्था गरिएकाे  पनि पाण्डेले बताउनुभयाे ।

यसअघि ७ गतेका दिन खाेप्लाङ स्वास्थ्य चाैकीमा पनि स्क्रिनिङ क्याम्प सम्पन्न भएकाे थियाे । सबै स्थानबाट  परीक्षणका क्रममा माेतियाबिन्दु देखिएका सबैलाइै पाैष ११ र १२ गते अाँपपिपलअस्पतालमा निशुल्क रूपमा शल्यक्रिया गरिने र शल्यक्रिया गर्नुपर्ने बिरामीहरूलाइ अावतजावत समेत निशुल्क रूपमा गराइने बताइएकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.