काठमाडौं /
पछिल्लो २४ घण्टामा थप २ हजार २२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । याे सगैँ नेपालमा कोरोना संक्रमितको संख्या १,५५,२३३ पुगेकाे छ ।
पछिल्लो २४ घण्टामा थपिएका मध्ये १ हजार ४४६ जना पुरुष तथा ७७९ जना महिला रहेका छन् । काठमाडौँ उपत्यकामा मात्र १११० जना संक्रमित थपिएका छन् । यसमा ४२९ जना महिला तथा ६८१ जना पुरुष रहेका छन् ।