Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
तनहुँको खैरेनीटार स्थित एक बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

तनहुँको खैरेनीटार स्थित एक बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

तनहुँ, भाद्र ७
तनहुँको खैरेनीटार स्थित एक बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बैंक अफ काठमाडौं खैरेनीटार शाखामा कार्यरत एक जना महिला कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।पोखरा महानगरपालिका–३० निवासी २७ वर्षीया महिलालाई संक्रमणको पुष्टी भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।संक्रमण पुष्टि भएको महिला कर्मचारी गत भदौ २ गतेसम्म बैंक आएकी थिइन् । स्वास्थ्यमा समस्या आएपछि पोखरामा महिलाले गत भदौ ४ गते पीसीआर परीक्षणका लागि स्वाब दिएकी थिइन ।  शनिबार परीक्षणको नतिजा पोजिटिभ आएको हो । संक्रमित कर्मचारी पोखराबाटै स्कुटरमा कार्यालय आउजाउ गर्ने गर्थिन। बैंक अफ काठमाडौंको एटिएम सेवा समेत बन्द गरिएको छ । उनलाई संक्रमण पुष्टि भएपछि शुक्लागण्डकी क्षेत्रमा कन्ट्याक ट्रेसिङको काम शुरु भएको शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिम कुमालले बताए ।
शनिबार ५९ जनाको स्वाब संकलन गरिएको प्रवक्ता कुमालले जानकारी दिए ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.