स्वास्थ्य निर्देशनालय पोखराको टोलीले गोरखाको च्याङ्लीमा ४७ जनाको पि.सि.आर परीक्षण

गोरखा संसार
जेठ २६,गोरखा
गोरखाको पालुङ्टार नगरपालिका वडा नं.७ का युवामा कोरोना पोजेटिभ देखिएपछि निजको घरका परिवार सदस्यको पनि परीक्षणको लागि आज स्वाब संकलन गरिएको छ ।
स्थानीय बिद्यालयमा अध्ययनरत १७ बर्षका युवालाई जबरजस्ती करणीको आरोपमा जिल्ला प्रशाशन कार्यालय गोरखाको हिरासतमा रहेका ती युवामा गरिएको परिक्षण रिपोर्टमा पोजेटिभ देखिएको थियो । शुरुमा आर.डि.टी.नेगेटिभ भएका युवामा कसरी कोरोना पोजेटिभ देखियो भनेर अनुसन्धान गर्ने क्रममा निजको परिवारको स्वाब संकलन गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका नानीबाबु दानीले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा युवासँग प्रत्यक्ष सम्पर्कमा रहेका परिवार सदस्य र प्रहरी हरुको परिक्षण गरिने र उनीहरुमध्ये कसैको पोजेटिभ देखिएमा थप अरुमा परिक्षण गर्नुपर्ने हुन्छ ।
सोही अवसरमा जीवन ज्योति मा.वि. क्वारेन्टिनका ३० जनासहित अकला मा.वि. क्वारेन्टिनका ३ जना र सुरक्षाकर्मीसहित कूल ४७ जनाको स्वाब संकलन गरिएको छ । स्वाब संकलन गरिएकाहरुमध्ये ५ जना महिला रहेका छन् ।
संकलित स्वाबको परीक्षण रिपोर्ट आउन ५ दिनसम्म लाग्न सक्ने स्वास्थ्य निर्देशनालयका दानीले बताउनुभयो । धेरै स्थानहरुबाट स्वाब संकलन भइरहेको र चाप भएका कारण ढिला हुनसक्ने दानीले बताउनुभएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.