Skip to main content

Gorkha Sansar

शुक्रबार देखि बिपी राजमार्ग अबरूद्धः यात्रीहरूलाइ सास्ती

१५ कात्तिक,

शुक्रबार बिहान देखिको पहिरोका कारण बिपी राजमार्ग अवरूद्ध हुँदा पूर्व जाने गाडीहरु काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिंदा यात्रुहरूले सास्ती भोगिरहेका छन् । यसरी सवारी रोकीदा पूर्व जाने र पूर्वबाट काठमाण्डौ आउने यात्री मार्कामा परेका छन ।

उक्त सडक खण्डमा शुक्रबार देखि नै पहिरो र लेदोको कारण  राजमार्ग अवरुद्ध भइरहेको र खुलाउने प्रयास भइरहे पनि कठिनाइ भएको स्थानीय प्रशासनले जनाएको छ ।

लगातारको बर्षाका कारण बीपी राजमार्ग अन्तरगतको चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर तथा नार्के, पिन्थलीबेशी, विरुवाडाँडा, डालाबेशी लगायतको स्थानमा लेदोको कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो । माम्तीको तल्लो भेगमा गत आसोजमा सड़क बगेर बनेको डाइभर्सनमा लेदो सहितको बाढ़ी पसेको छ ।

सुरक्षित यात्राको लागि सडकको अवस्था जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.