Gorkha Sansar

तनहुँको आँबुखैरेनीमा भारतीय गाडीको ठक्करबाट दुई स्कुले बालबालिकाको मृत्यु

– राजेश कार्की
आँबुखैरेनी, तनहुँ
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मार्कीचोकमा शुक्रबार दिउँसो एक भयानक सडक दुर्घटना भएको छ। तीव्र गति र लापरवाहीका साथ गुडिरहेको एक भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिँदा विद्यालयबाट घर फर्किँदै गरेका स-सना दुई जना बालबालिका सायना र विलियमको मृत्यु भएको छ।
प्रहरी र स्थानीय स्रोतका अनुसार, विद्यालयको छुट्टीपछि घरतर्फ पैदल जाँदै गरेका बालबालिकाहरूलाई UP 13 A 0770 नम्बरको भारतीय गाडीले तीव्र गतिका कारण नियन्त्रण गुमाएर ठक्कर दिएको थियो। गाडीको ठक्करबाट गम्भीर घाइते भएका दुवै बालबालिकालाई तत्काल उपचारका लागि आँबुखैरेनी अस्पताल लगिएको थियो तत्काल सि एम सी हस्पिटल रिफर गरिएपनि चिकित्सकहरूले उनीहरूलाई मृत घोषित गरेका थिए।
मृत्यु भएका दुबै बालबालिका सायना र विलियम एउटै परिवारका दाजु-भाइका छोराछोरी हुन ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.