Gorkha Sansar

रेडियो बन्दिपुर १६औँ वर्षमा प्रवेश, श्रोता र शुभेच्छुकलाई शुभकामना

तनहुँ – बन्दिपुर एफ.एम. प्रालिद्वारा सञ्चालित रेडियो बन्दिपुर ७८.८ मेगाहर्जले १५ वर्ष पूरा गरी १६औँ वर्षमा प्रवेश गरेको छ।

वार्षिकोत्सवको अवसरमा रेडियोले श्रोता, विज्ञापनदाता, शुभेच्छुक, सञ्चालक तथा देश–विदेशमा रहेका सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक शुभकामना व्यक्त गरेको छ।

रेडियो बन्दिपुरका अध्यक्ष, सञ्चालक तथा सम्पूर्ण टोलीले १६औँ वार्षिकोत्सवको अवसरमा शुभकामना अर्पण गर्दै आगामी दिनमा सूचनाको हकलाई ध्यानमा राखेर सहभागितालाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।

स्थानीय तहको सूचना, शिक्षा, मनोरञ्जन र जनचेतनाको क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएको रेडियो बन्दिपुरले आगामी दिनमा पनि श्रोता–केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.