Gorkha Sansar

माेरङ कारागारमा दुई कैदीबन्दीकाे मृत्यु

माेरङ कारागार

१३ कात्तिक, मोरङ ।

जिल्ला कारागार मोरङमा काराबास सजाय भोगिरहेका कैदीबन्दीहरूमध्ये गत बिहीबार र शुक्रबार गरी दुई कैदीबन्दीको मृत्यु भएको छ ।

कारागार प्रशासनका अनुसार शरीर सुन्निने, सास फेर्न गाह्रो हुने समस्या भएका बन्दीमध्ये एक जनाको बिहीबार र एकजनाको शुक्रबार उपचारका क्रममै मृत्यु भएको हो ।

बिहीबार मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका– १ घर भएका २० वर्षीय मुस्कान दनुवार र शुक्रबार मृत्यु हुनेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–७ घर भएका ३२ वर्षीय गोपाल भनिने जितप्रसाद सापकोटा रहेको बताइएको छ ।

दनुवारको कोशी अस्पताल र सापकोटालाइ नोबेल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको र उपचारकै क्रममा  मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिनुभयो ।

जिल्ला कारागार मोरङमा हाल १ हजार १ सय बढी कैदीबन्दी रहेका छन् ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.