संसद बिघटनकाे बिराेधसहित ७ जना मन्त्रीले दिए राजीनामा

काठमाडौं

प्रतिनिधीसभा बिघटनसंगै बिघटनकाे बिराेधसहित   ७ जना मन्त्रीले ले सामुहिक राजीनामा दिएका छन् ।

राजीनामा दिनेहरूमा पूर्व माओवादी समूहबाट मन्त्री भएका वर्षमान पुन, शक्‍तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र बिना मगर रहेका छन् ।

यसैगरी माधव नेपाल समूहबाट राजीनामा दिनेहरूमा  घनश्याम भुसाल र योगेशकुमार भट्टराई रहेका छन् ।

गृहमन्त्री रामबहादुर थापा बादल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने राजिनामा दिएनन् ।उनीहरू दुवै पूर्व माओवादी समूहबाट मन्त्री भएका थिए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.