Skip to main content

Gorkha Sansar

नेपाली कांग्रेस पालुङटार–७ को वडा अधिवेशन सम्पन्न इन्द्र कोइरालाको सभापतित्वमा नयाँ वडा कार्यसमिति चयन

गोरखा । नेपाली कांग्रेस पालुङटार नगरपालिका–७, च्याङ्लीको वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले इन्द्र कोइरालाको सभापतित्वमा नयाँ वडा कार्यसमिति चयन गरेको छ। अधिवेशनका क्रममा पार्टीको संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउँदै आगामी दिनमा जनतासँगको सम्बन्धलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। स्थानीय तहमा पार्टीको संगठन विस्तार, कार्यकर्ताबीचको एकता तथा जनताका समस्यालाई प्राथमिकताका साथ उठाउने विषयमा समेत जोड दिइएको जनाइएको छ। अधिवेशनबाट सभापतिमा इन्द्र कोइराला सहित नयाँ वडा कार्यसमिति चयन गरिएको हो। नयाँ नेतृत्वले पार्टीको नीति, विचार र सिद्धान्तलाई आत्मसात् गर्दै वडा तहमा संगठनलाई थप सक्रिय बनाउने प्रतिबद्धता जनाएको छ। वडा अधिवेशनले नेपाली कांग्रेसको स्थानीय संगठनलाई थप चलायमान बनाउँदै आगामी राजनीतिक तथा सामाजिक गतिविधिमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.