जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शुरू

तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शनिबारबाट सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रुपमा देशभरका सबै वडामा एक साथ ‘जनतासँग माओवादी ः विशेष रुपान्तरण अभियान’को शनिबार उद्घाटन गरेका हुन् ।

यो अभियानअन्तर्गत पार्टीका सबै शीर्ष नेताहरू समेत वडावडामा पुग्ने कार्यक्रम तय भएको छ । सोही अनुसार शनिबार गोरखाका ९४ वटै वडामा कार्यक्रम उद्घाटन भएको पार्टीका वैकल्पिक केन्द्रिय सदस्य विष्णु भट्टले बताए । अभियानको पहिलो दिन वडा वडामा कार्यक्रम आयोजना गरिएको, जनताको घरदैलो प्रवेश छलफल, अन्तरक्रिया गर्ने र उनीहरुबाट सल्लाह, सुझाव, गुनासाहरुको संकलन गरिएको उनले बताए ।

तीन महिने अभियान अन्तरगत जनताको घरघरमा गएर नागरिकसँग भेट्ने, पार्टीको नीति कार्यक्रमको बारेमा अन्तरक्रिया गर्ने, पार्टीका सदस्यहरु नविकरण गर्ने र नयाँ सदस्य हुन चाहाने सदस्यहरुलाई सदस्यता वितरण गर्ने उनले बताए । जनवर्गीय संगठनहरुको सदस्यता वितरण गर्ने, पार्टीको टोल भेला, वैठक गर्ने, जनवर्गीय संगठनको वडा स्तरीय भेला गर्ने गर्ने, कमिटी बनाउने, विकास निर्माणका कार्यंहरुका बारेमा छलफल गर्ने र श्रमदान र श्रमशिविरहरुको आयोजना गर्ने उनले उनले जानकारी दिए ।

त्यस्तै, पार्टीको केन्द्र, प्रदेश र स्थानीय सरकारले गरेका कामहरुको बारेमा छलफल गर्ने, सुझाव संकलन गर्ने, राम्रा कामका बारेमा जनतालाई बुझाउने, गल्ती कमजोरी भएमा नेतृत्वलाई सुझाव दिने भट्टले जानकारी दिए ।
जिल्लाका ११ वटै पालिकामा पार्टीका केन्द्रिय सदस्य, वैकल्पिक केन्द्रिय सदस्य, प्रदेश पदाधिकारी र पार्टीका केन्द्रिय आयोगको सदस्यहरु खटिरहेको उनले बताए ।

घरघरमा माओवादी जनजनमा माओवादी भन्ने नाराका साथ भदौ १६ गतेबाट सुरु भएको अभियान मंसिर १५ गते सम्म संचालन हुनेछ । सोहि अभियानका लागि नेकपा माओवादी केन्द्र गोरखाको संयोजकमा दिपक तिमिल्सिना र इन्चार्जमा दिपक कोइराला चयन गरेका थिए ।

गोरखाका पार्टी इन्चार्ज कोइराला कास्की जिल्लाका हुन् । उनी माओवादी केन्द्रका केन्दिय सदस्य पनि हुन् । पार्टीले संचालन गरेको तीन महिने अभियान अवधिभरका लागि कोइरालाई गोरखाको इन्चार्जको जिम्मेवारी दिइएको बताइएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.