धुवाँकाेटमा स्वास्थ्य शिबिर सम्पन्न, ७०० बढीले लिए सेवा (फाेटाेसहित)

पाैष १५, गाेरखा

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ८ धुवाँकाेटमा तमु ल्हाेसार पर्वकाे अवसर पारेर पाैष १५ गते बृहत स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

धुवाँकाेट स्वास्थ्य चाैकी भवनमा सञ्चालन भएकाे शिविरमा ७ सय जनाभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए । पालुङटार नगरपालिकाका नगरप्रमुख बिबश चिन्तन र उप प्रमुख बन्दना पाण्डेकाे उपस्थितिमा बिहान शिविरकाे उदघाटन गरिएकाे थियाे ।

शिविरमा नशा तथा हाडजाेर्नी, बालराेग, स्त्रीराेग, दन्तराेग, स्तन तथा पेट, नाक, कान, घाँटी राेग बिशेषज्ञ डाक्टरहरूकाे सहभागितामा परीक्षण गराइएकाे थियाे ।  पालुङटार नगरपालिका वडा नं. ८ कार्यालयकाे समन्वयमा लायन्स इन्टरनेशकल क्लब ३२५ अार चितवन चाैतारी तथा स्पाेन्सर क्लबकाे अायाेजना र काेसिस क्यानसर सेन्टर भरतपुरकाे सहयाेगमा शिविर सञ्चालन भएकाे थियाे ।शिवारमा डा.गंगा सापकाेटा, शुशील अधिकारी, डा.बिबेक कंडेल, डा. अनिषा काफ्ले,  लगायतका बिशेषज्ञ डाक्टरहरूले परीक्षण गरेका थिए । शिविरमा भिडियाे एक्सरे,  रक्तपरीक्षणकाे समेत सुविधा रहेकाे थियाे । बिभिन्न क्लबहरूकाे सहयाेगमा परीक्षण गराइएका विरामीहरूका लागि प्रयाप्त मात्रामा अाैषधी समेत निशुल्क बितरण गरिएकाे शिविरकाे व्यवस्थापन लायन अभिमन्यु अधिकारीले बताउनुभयाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.