पालुङटार ८ धुवाकोटमा पुस १५ गते वृहत स्वास्थ्य शिविर हुने

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर-8 धुवाँकोट मा पुस 15 गते वृहत स्वास्थ्य शिविर हुने भएको छ।

वडा नम्बर 8 कार्यालयको सहयोग र समन्वयमा सञ्चालन हुन लागेको सो शिविरमा चितवनस्थित मेडिकल कलेज र क्यान्सर अस्पतालका वरिष्ठ डाक्टरहरूको सहभागिता रहने जनाइएको छ। शिविरमा क्यान्सर स्त्रीरोग लगायतका सम्पूर्ण रुखको उपचार गरिने पनि जनाइएको छ ।

अस्पतालको सम्पूर्ण सुविधासहित शिविर संचालन गर्न लागिएको सञ्चालक शिविर सञ्चालन संयोजक अभिमन्यु अधिकारीले  बताउनुभयो । शिविरमा सम्पूर्ण सुविधा सहित करिब 50 जना डाक्टरहरूको उपस्थिति हुने पनि अधिकारीले बताउनुभयो । शिविरबाट पालुङटार  नगरपालिका वडा नम्बर 8 वडा नम्बर 7 का  बासिन्दाहरू लाभान्वित हुने अपेक्षा लिइएको छ।

वडा नम्बर-8 को धुवाँकोट स्थित 24 घण्टे प्रसुति गृहमा सो शिविर सञ्चालन हुनेछ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.