नाम्जुङ हुक्का गाउँका सात घरमा तोडफोड तथा लुटपाट

गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ९ नाम्जुङ हुक्का गाउँका सात घरमा तोडफोड भएको छ ।

मंगलवार राती अपरिचित ब्यक्तिले स्थानीय लिलाप्रसाद ढकालको घरबाट ४५ हजार बरावरको सुनको गहना, भरतमान सिंह बस्नेको घरबाट १५ हजार बरावरको मदिरा र चुरोट, नारायणदत्त ढकालको घरबाट १५ हजार नगद चोरी भएको प्रहरीले जनाएको छ ।

यस्तै सोही ठाउँका नानीमाया लामिछाने, इश्वरप्रसाद लामिछाने, तेजप्रसाद लामिछाने, गुञ्जकुमारी लामिछानेको घरको ताल्चा फुटाएकोे प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए । यी घरबाट भने धनमाल चोरी भएका छैनन् । सोही ठाउँका जनशक्ती माविको प्रधानाध्यापकको कार्यकक्षको ताल्चा पनि फुटाएको र केहीपनि चोरी भने नभएको उनले बताए ।

तोडफोड र चोरीमा संलग्नहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ । केही दिन अघि भिमसने थापा गाउँपालिका ८ को जागेश्वर माविमा पनि तोडफोड भएको वडा अध्यक्ष बासु थापाले बताए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.