गाेरखामा DCCMC काे सदरमुकाम केन्द्रित निर्णय, अन्य पालिकालाइ उपेक्षा

जेठ २, गाेरखा ।

गाेरखा जिल्लाकाे DCCMC काे सदरमुकाम केन्द्रित निर्णय मात्र गर्ने र अन्य पालिकाहरूलाइ उपेक्षा गरेकाे पालुङटार नगरपालिकाका नगरप्रमुख दिपक बाबु कंडेलले बताउनुभयाे । डिसिसिएमसी ले गाेरखा नगरपालिका मात्र केन्द्रित गरी सहयाेगकाे अाव्हान गरेकेा प्रति उहाँले दुख व्यक्त गर्नुभयाे ।

अाज नगरपालिकाका शिक्षक, कर्मचारी तथा जनप्रतिनिधीहरूकाे संयुक्त अनलाइन बैठकमा कुरा गर्दै नगरप्रमुख कंडेलले साे कुरा व्यक्त गर्नुभएकाे हाे । साेही अवसरमा उहाँले शिक्षकहरूलाइ अा अाफ्नाे स्थानबाट सहयाेग र जनचेतनाका काम गर्न समेत निर्देशन गर्नुभएकाे थियाे ।

साेही क्रममा नगर उप प्रमुख पम्फा बसेलले अाफ्नाे एक महिनाकाे पारिश्रमिक राहत राहत काेषमा प्रदान गर्ने घाेषणा गर्नुभएकाे थियाे । त्यस्तै बैठकले नगरपालिकाभित्रका शिक्षकहरूकाे ३ दिनकाे पारिश्रमिक नगरपालिका राहत काेषमा जम्मा गर्ने समेत निर्णय गरिएकाे छ । साथै साेही बैठकले हरेक वडामा एक सहयाेग समिति गठन गर्ने समेत निर्णय गरेकाे छ ।

याे पिडाकाे समयमा मानव संवेदना हराउँदै गएकाे अवस्थामा सबैले अा अाफ्नाे स्थानबाट सहयाेग गर्नुपर्ने र जुनसुकै समयमा पनि शिक्षक कर्मचारीहरू अाचार संहिताभित्र बस्नुपर्नेमा जाेड दिइएकाे थियाे ।

शिक्षा शाखा प्रमुख बाबुराम काराखेतीले सञ्चालन गर्नुभएकाे साे कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा तथा कर्मचारीहरू, वडाध्यक्षसहित जनप्रतिनिधीहरू र प्रधानाध्यापकहरू, शिक्षक संघ,संगठनका प्रतिनिधीहरू एवं शिक्षकहरूकाे उपस्थिति रहेकेा थियाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.