अक्सिजन अभाव हुन नदिन DCCMC चितवन सक्रिय

चितवन । विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका सम्बन्धमा जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले चितवनका अस्पतालहरुमा बिरामीको चाप र उपचारको अवस्था, अक्सिजनको उपलब्धता र चुनौतीका विषयमा छलफल गरेको छ ।

बैठकले छिमेकी जिल्लालगायत विभिन्न जिल्लाबाट कोरोनाको उपचारका लागि बिरामी आउँदा अस्पतालमा चाप बढ्दा अक्सिजनको मागसमेत बढेकोले जिल्लामा उपलब्ध सिलिन्डरले अपुग हुने भएकाले थप एक हजार थान अक्सिजन उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको छ ।

यस्तै, संक्रमितको उपचारका लागि अक्सिजन अभाव हुन नदिन उद्योग, संघसंस्था तथा व्यक्तिसमेतले अनावश्यकरुपमा भण्डारण गरी स्वास्थ्य उपचारमा प्रयोग नभएका सिलिन्डर फिर्ता गर्न अनुरोध गर्ने निर्णय भएको छ । डिसिसिएमसीले अनुरोध गर्दा पनि फिर्ता नआएमा उद्योग तथा बिक्री केन्द्रबाट विवरण लिई फिर्ता लिइने प्रक्रियालाई निरन्तरता दिने निर्णय गरिएको छ ।

यसैगरी, कोरोना संक्रमितका लागि अक्सिजन अभाव हुन नदिन चितवनका सबै निजी तथा सरकारी अपतालले मौज्दात राख्ने र थप सिलिन्डर आवश्यक पर्ने भएमा डिसिसिएमसीसँग समन्वय गरी अक्सिजनको अभाव हुन नदिन प्रबन्ध मिलाउने निर्णय गरिएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.