१७ कात्तिक, गोरखा ।
रुघाखोकी लाग्ने र टाउको दुख्ने लक्षण देखिएपछि परीक्षण गराउनुभएका गाेरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तीर्थराज भट्टराईमा काेराेना संक्रमणकाे पुष्टि भएकाे छ ।
दशैंकाे समयमा गाेरखामै रहनुभएका प्रमुख जिल्ला अधिकारी भट्टराइले रुघाखोकी लागेर टाउको दुख्न थालेपछि शंका लागेर पि.सि.अार. परीक्षण गराउँदा रिपाेर्ट नेगेटिभ अाएकाे बताउनुभयाे ।
उहँासँगै उहाँकी पत्नीमा पनि क्रमण पुष्टि भएको छ ।
सोमवार प्रजिअ भट्टराईसहित गोरखा नगरपालिकाका १२ जनामा कोरोना संक्रमण पुटि भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताउनुभयाे ।
स्वाब संकलन गर्नु अघिल्लो दिनदेखि नै आफू होम आइसोलेसनमा रहेको प्रजिअ भट्टराईले बताउनुभएकाे छ।
आम गोरखावासी दाजुभाइ दिदीवहिनीहरुलाई कोरोना संक्रमणबाट बच्नका लागि आवश्यक रणनीति अपनाउन अनुरोध गर्दा गर्दै आफूलाई नै त्यही संक्रमण हुँदा कता कता नमिठो अनुभूति भएको उहाँले बताउनुभएकाे छ ।
भट्टराईले आफू र आफ्नी पत्नीको सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउनसमेत आग्रह गर्नुभएकाे छ ।
Facebook Comments Box
Post Views: 136