सीमाक्षेत्रमा खटेका ४९ जना सशस्त्र प्रहरीलाई कोरोना पुष्टि

शिवशंङ्कर मिश्र
बारा,

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४० रिर्जव गणका ४९ जना सशस्त्र प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
नेपाल भारत सीमा क्षेत्रमा महिनौ दिनदेखि सुरक्षामा खटेका सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी हवलदारगरी ४९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४० रिर्जव गणका गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक मनोज थापाले बताउनुभयो ।
सीमा क्षेत्रको ड्युटी सकेर गणमा फिर्ता आएपछि उनीहरुको भदौ ८ गते स्वाव संङ्कलनगरी पीसीआर चेकजाँच गर्न प्रदेश ३ को हेटौंडा पठाइएकोमा सो रिर्पोट बिहिबार साँझराती पोजेभिट आएपछि गणमै निर्माण गरिएको आईसोलेशनमा उपचार सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
हालका दिनसम्म जिल्लाका बिभिन्न ठाउँमा निर्माण गरिएको आईसोलेशनमा ११ जना महिला, ८६ जना पुरुषगरी ९७ जना उपचार गराई रहेका तथा १०८ जना महिला, २४२ जना पुरुष होम आईसोलेशनमा रहेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।
यस्तै आजको दिनसम्म ७६३ कोरोना संक्रमित मध्ये ३६ महिला र २५९ पुरुषगरी २९५ जना कोरोनालाई जितेर घर फिर्ता गएको तथा उनीहरु मध्ये एक महिला तथा १५ जना पुरुषगरी १६ जनाले कोरोनाका कारण ज्यान गुमाएको उहाँले भन्नुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.