कोरोनाका कारण गोरखाको पालुङ्टारका एकको मृत्यु

गोरखा संसार
असार २०, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिकाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पालुङ्टार नगरपालिका वडा नं. ७ का ४४ बर्षीय पुरुष गत असार १७ गते कतारबाट नेपाल आई जीवन ज्योति मा.वि. क्वारेन्टिनमा रहेका थिए ।
आएदेखि नै उनमा स्वास्थ्य समस्या देखिएपछि तत्कालै पि.सि.आर परीक्षण गरिँदा संक्रमण पुष्टि भएको र गोरखा अस्पतालको आइसोलेसनमा राखी उपचारका क्रममा मृत्यु भएको जानकारी प्राप्त भएको च्याङ्ली स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डेले बताउनुभयो ।
शुक्रवार कोरोना संक्रमण देखिएपछि उपचारका लागि उनलाई शुक्रबार राती १० बजे अस्पतालको आइसोलेसनमा ल्याइएको थियो । ‘जटिल खालको निमोनिया थियो, फेरी सुगरको बिरामी पनि हुनुहुँदो रहेछ,’ अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भन्नुभयो‘।
उपचारको क्रममा आज बिहान ५ बजे संक्रमितको मृत्यु भएको हो ।’ यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

फेरी सुगरको बिरामी पनि हुनुहुँदो रहेछ,’ अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भन्नुभयो‘।
उपचारको क्रममा आज बिहान ५ बजे संक्रमितको मृत्यु भएको हो ।’ यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.