काठमाण्डौं, ९ असार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोेना संक्रमितको कुल संख्या १० हजार ९९ पुगेको छ।
मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ८६ हजार तीन सय ६६ जनाको कोरोना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ८५ हजार ८ सय १३ जना छन् । त्यसैगरी सात हजार ८ सय ५१ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।
संक्रमितमध्ये २ हजार २ सय २४ जना निको भएर घर फर्किएका छन्।