आत्तिनु पर्दैन विरामीको उपचार गर्छौं ः अध्यक्ष थापा
राजेन्द्र न्यौपाने
गोरखा, ४ असार । शहिद लखन गाउँपालिका अध्यक्ष रमेश थापा मगरले शहिद लखन गाउँपालिका भित्रको क्वारेन्टाइनमा रहेका ४ जना नागरिकहरुमाम कोरोना भाइरस पोजेटिभ देखिएपछि गाउँपालिकका भित्रका नागरिकहरुलाई नआत्तिन र सावधानी अपनाउन अनुरोध गरेका छन् । उनीहरुको उपचार गरिने थापाले बताएका छन् ।
उनले प्रख्यात सामाजिक सञ्जाल फेसबुक मार्फत भने ः मिति २०७७।०२।२६ गते यस शहिद लखन गाउँपालिका अन्तर्गत वडा नं ७ बुकोंटको शहिद स्मृति माध्यामिक विद्यालयको क्वारेन्टाईनमा भारतबाट आएर रहनुभएका १२ जना व्यक्तिहरुको स्वाब संकलन गरी एऋच् विधिबाट कोरोना परिक्षणका लागि पठाईएकोमा आठ जनाको रिपोट नेगेटिभ प्राप्त भएको छ भने बाँकी चार जनाको रिपोट पोजेटिभ प्राप्त भएको छ । पोजेटिभ रिपोट आउनेहरु वर्ष ५४,३१,३८ र २७ को हुनुहुन्छ । संक्रमितहरुलाई गोरखा सदरमुकाममा रहेको आईसोलेसनमा लैजाने तयारी भैरहेको छ ।संक्रमित व्यक्तिहरुको स्वास्थ्य अवस्था सामान्य नै रहेको हुदा सम्पूर्ण गाउँपालिकाबासीहरुमा धैर्य धारणा गरी कत्ति पनि नआत्तिई पूर्ण सावधानी अपनाउनु हुन अनुरोध गर्दछु ।
आत्तिनु पर्दैन विरामीको उपचार गर्छौं ः अध्यक्ष थापा
Facebook Comments Box