Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
गोरखा अस्पतालमा ओरिजिनल आईसियु मेसिन खरिद प्रक्रिया अघि बढ्यो

गोरखा अस्पतालमा ओरिजिनल आईसियु मेसिन खरिद प्रक्रिया अघि बढ्यो

राजेन्द्र न्यौपाने
गोरखा, ९ जेठ ।

कोभिड १९ अर्थात कोरोना भाईरसको कारण यसबाट सिर्जित अवस्थाका विरामी र अस्पतालमा आउने अन्य विरामीका लागि आवश्यक पर्दा प्रयोग गर्ने गरी गोरखा जिल्ला अस्पतालले ओरिजिनल मेसिन सहितको आईसियु कक्ष निर्माण गर्न प्रक्रिया अघि बढाएको छ । नेपाल सरकारको प्रचलित खरिद ऐन, नियमावली अनुसार प्रक्रिया अघि बढाइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट (मेसु) नविन थापाले बताए ।
स्वास्थ्य मन्त्रालयमा रहेको नीति योजना तथा अनुगमन महाशाखाले गोरखा अस्पतलमा भेन्टिलेटर सहितको आईसियू निर्माण गर्न बजेट निकासा गरेको छ । सार्वजनिक खरिद प्रक्रिया मिचेर काम गर्दा यस अघि सुदुरपश्चिम प्रदेशमा पुरानो नक्कली मेसिन परेको थियो । जिल्लामा ‘बायोमेटिकल इन्जिनियर’ नभएकाले प्रदेशबाट इन्जिनियर बोलाइएको मेसु थापाले बताए । मापदण्ड नपुगेका टेण्डरहरु रद्द गरेर पुनः टेण्डर प्रक्रियामा गएको उनले बताए । प्राविधिक र आर्थिक मूल्याङ्कन गरेर ठेक्का सम्झौता गर्ने नीति रहेको थापाको भनाई छ ।
गोरखामा समेत काम गरेका स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डाक्टर गुणराज लोहनीका अनुसार नेपाल सरकारका सबै नियम पुरा गरेर मात्र आईसियु मेसिन जडान गर्न सकिन्छ , गोरखा जिल्लाको प्रक्रिया अघि बढेकाले केही हप्ता भित्र अस्पतालमा आईसियु कक्ष निर्माण हुनुपर्छ । यस कार्यका लागि महाशाखाले अस्पतालको खातामा रकम पठाइसकेको उनले बताए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.