गण्डकी प्रदेश ग्रिन जाेनमा

गाेरखा संसार

पोखरा, १५ वैशाख /

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश काेराेना राेग राेकथाममा गीन जाेनमा परेकाे बताउनुभएकाे छ । ग्रीन जाेनमा परेसंगै लकडाउन खुकुलो पार्दै लैजाने उहाँले बताउनुभएकाे छ । बागलुङका दुबै जना कोरोना भाइरस संक्रिमित उपचार पश्चात निको भएर घर फर्किए पछि उनले गण्डकी प्रदेश अब ‘ग्रिन जोन’मा परेको उहँाले बताउनुभयाे ।

उनले गण्डकी प्रदेशका नाकाहरुमा कडाइ गरेर गण्डकी प्रदेश भित्रका जिल्लाहरुमा उत्पादन र निर्माणका काम थाल्ने बताए । उनले खाद्यान्न उत्पादन, कृषि र विकास निर्माणका योजनामा लकडाउन गर्न नहुने बताए ।

उनले उपप्रधानमन्त्री एवं उच्चस्तरीय समितिका संयोजकलाई फोन गरेर लकडाउनलाई खुकुलो बनाउन सुझाव दिए । विकास निर्माण र उद्योग धन्दाका मजदुरलाई सुरक्षित रुपमा राखेर काम अघि बढाउनुपर्ने उनको भनाई छ ।

गण्डकी प्रदेशमा करिब ५ हजार जनाको द्रूत परीक्षण र साढे ५ सयको पिसीआर टेष्ट भइसकेको छ । यही कामको निरन्तरता भए कोरोनाविरुद्ध जुध्नसक्ने हौसला प्राप्त भएको मुख्यमन्त्री गुरुङकाे भनाइ रहेकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.