नेपालमा काेराेना संक्रमितकाे संख्या ४५ पुग्याे,

१० वैशाख, काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार २४, ६० र ७२ वर्षका पुरुषहरूमा कोरोना संक्रमण देखिएको हो ।

उनीहरू उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केको नुरी मस्जिदमा बसेका जमाती समूहकै सदस्य हुन् ।

मस्जिदमा बसेका १६ जना जमातीमध्ये १२ जना (११ भारतीय र एक नेपाली) मा ५ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट अर्का एक नेपालीमा संक्रमण देखियो ।

संक्रमण नदेखिएका तीन जनालाई भने टाँडीस्थित नेपाली सेनाको क्वारेन्टाइनमा राखिएको थियो । उनीहरूमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरूमध्ये सात जना निको भइसकेका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.