युएनडिपीको सहयोगमा ८० थान थर्मल गन वितरण

गोरखा संसार
बैशाख ३ गते, गाेरखा

कोरोनाको सम्भावित संक्रमण जोखिम बढ्न नदिन भन्दै युएनडिपीले गोरखाका ८ स्थानीय तहलाई ८० वटा (थर्मल गन) ज्वरो नाप्ने उपकरण हस्तान्त्रण गरेको छ । युएनडीपिले गोरखा तथा पालुङटार नगरपालिका, धार्चे, सिरानचोक, गण्डकी, आरुघाट,शहिदलखन र अजिरकोट सहित ८ वटा पालिकालाई सो यन्त्र हस्तान्त्रण गरेको हो ।

गोरखा जिल्ला अस्पताललाई सहित नगरपालिकालाई १६ थान, पालुङटार नगरपालिका १२ शहिदलखन १०, आरुघाट १०, गण्डकी ९, धार्चे ८, सिरानचोक ८ र अजिरकोट गाउँपालिकालाई ६ वटा थर्मलगन उपलब्ध गराइएको नेपाल आवास पुनर्निर्माण परियोजना गोरखाका जिल्ला संयोजक राम सापकोटाले जानकारी दिनुभयो । सो उपकरण भोलि सम्म सबै पालिकामा पुग्ने सापकोटाले बताउनुभयो । यस्तै, ८ पालिकामा थर्मल गन पुग्ने भएपछि नगर÷गाँउपालिका जनप्रनितिनिधीले सकरात्मक प्रतिक्रिया दिएका छन् । हाल सम्म कुनै पनि पालिकाले खरिद गर्न नसकिरहेको अवस्थामा युएनडीपिले अत्यआवश्यक सामान हस्तान्तरण गरेको हो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.