Gorkha Sansar

पालुङटार–९ लाई पूर्ण खोप सुनिश्चितता दिगोपना वडा घोषणा

गोरखा, १३ जेठ । पालुङटार नगरपालिका–९ लाई पूर्ण खोप सुनिश्चितता दिगोपना वडा घोषणा गरिएको छ। वडा खोप समन्वय समितिका अध्यक्ष एवं वडा अध्यक्ष भेजराज पाण्डेको सभाध्यक्षतामा आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो।

समारोहमा स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारी, टोल विकास समितिका सदस्य, पिपलटारी महिला समूहका प्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा मिरकोट स्वास्थ्य चौकी पिपलटारीका कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन वडा अध्यक्ष पाण्डेले ब्यानर वाचन गर्दै गर्नुभएको थियो। कार्यक्रममा मिरकोट स्वास्थ्य चौकी पिपलटारीमा कार्यरत अहेव विमला खनाल कंडेलले शुभकामना मन्तव्य व्यक्त गर्दै आगामी दिनमा पनि पूर्ण खोपको दिगोपना कायम राख्न सबै पक्ष प्रतिबद्ध रहने बताउनुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले बालबालिकालाई समयमै खोप उपलब्ध गराउनु स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै समुदायस्तरमा जनचेतना अभिवृद्धि आवश्यक रहेको धारणा राखेका थिए।

 

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.