गोरखा संसार
चैत्र १६, गोरखा ।
विश्वमा आतंकको रुपमा फैलिरहेको कोरोनाको को संक्रमण नियन्त्रणको लागि सरकारले सम्पूर्ण जनताहरुलाई घरमा वसेर लक डाउनको आदेश पालना गर्न आग्रह गरिरहेको बेला किसानहरु भने काममा व्यस्त भएका छन् ।
किसानहरु यतिबेला चैते धान रोप्ने तथा तोरी झार्ने लगायतका काममा व्यस्त हुने गरेका छन् ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ को जुडिखोलामा किसानहरु चैते धान रोप्न व्यस्त छन् । सरकारले घर बाहिर ननिस्कनु, कम्तीमा १ मिटर दुरी कायम गर्नु भन्ने जस्ता सन्देशहरु सुन्नुभएको छ होला नि भनेर सोध्दा उनीहरु एकै स्वरमा बाँचुञ्जेल खानैपर्यो अनि काम नगरेर के गर्ने भनी प्रतिप्रश्न गर्छन । त्यस्तै वडा नं. १० को सेराफांटमा पनि किसानहरु धमाधम चैते धान रोप्न व्यस्त छन् । एउटै सानो खेतको गरामा लगभग जोडिएर ८/९ जना बीउ काडिरहेको देखिन्छ । उनीहरु भन्छन काम गर्नै पर्यो सरकारले भनेजस्तो सवै पूरा गर्न सकिँदैन काम समयमा गर्नै पर्यो भन्छन किसानहरु ।
उनीहरु उल्टैे हाम्रो फोटो नखिच्नुस किन खिचेको भन्ने जस्ता प्रतिप्रश्नहरु गर्दै जे जे रोग लागेपनि बाँचुञ्जेल खानका लागि काम गर्नैपर्ने बताउँछन् । यी केही प्रतिनिधी घटना मात्र हुन धेरै ठाउँहरुमा यतिबेला किसानहरु चैतेधान रोपाईंमा व्यस्त छन् ।
तथापी मुख्य बजार क्षेत्र तथा गाउँमा बाहिर निस्केर हिडने, समूहमा बस्ने लगायतका गतिविधीहरु भने ठप्प छन् ।