तनहुँ । जंगली च्याउ घरमा ल्याएर खाँदा व्यास र म्याग्देका गरि १० जना बिरामी परेका छन् । म्याग्दे गाउँपालिका-६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रेको जंगली च्याउ टिपेर ब्यास नगरपालिका-६ शान्तिटोल बस्ने मामा ६३ वर्षीय गुरुबहादुर पुलामीको घरमा आइतबार राति ल्याएर पकाएर खाँदा उनीहरू बिरामी परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी बिरेन्द्र बहादुर शाहीका अनुसार उनीहरूलाई उपचारको लागी प्रदेश अस्पताल दमौली ल्याइ थप उपचार भइरहेको छ । च्याउ सेवन गर्ने सबैलाई बान्ता हुने, पखाला लाग्ने तथा रिँगटा लाग्ने जस्ता समस्या देखिएको एसपी शाहीले बताए ।
