गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ३ मा अाज (पाैष १७) गते सम्पन्न भएकाे अायुर्वेद तथा अाँखाकाे घुम्ती शिविरबाट २५० जनाले सेवा लिएका छन् ।
डुम्रेडाँडा शहरी स्वास्थ्य केन्द्रमा वडा नं. ३ का वडाध्यक्ष रविन्द्र अधिकारीकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे सेा शिविरकाे अध्यक्षता पालुङटार नगरपालिका अायुर्वेद शाखाका प्रमुख हितकाजी श्रेष्ठले गर्नुभएकाे थियाे ।
पालुङटार नगरपालिकाका अायुर्वेद शाखाका बैद्य निरीक्षक बसन्त घिमिरेले सञ्चालन गर्नुभएकाे साे शिविरमा स्वास्थ्य संस्था प्रमुख अर्जुन न्याैपाने, वडा नं. ३ का जनप्रतिनधी, पूर्व जनप्रतिनिधी लगायत स्थानीय बुद्दिजिवीहरूकाे उपस्थिति रहेकाे थियाे ।
साे अवसरमा अायुर्वेद तर्फ ९४ पुरूष र ४२ महिला गरी कूल १३६ जना र अाँखातर्फ ७१ पुरूष र ४३ महिला गरी ११४ जनाले सेवा लिएकाे जनाइएकाे छ ।
अायुर्वेदिक तरीकाबाट जडीबुटीकाे प्रयाेग गरी उपचार गर्दा कुनै प्रकारकाे साइड इफेक्ट नहुने र दिर्घकालीन रूपमा अन्य राेगकाे शिकार हुनबाट समेत बच्न सकिने हुँदा अायुर्वेदिक उपचार पद्दतीमा जाेड दिनुपर्ने कुरामा सबैले एेक्यबद्दता जाहेर गरेका थिए ।
शिविरमा पालुङटार अाँखा उपचार केन्द्रका नेत्र सहायक रक्षा कुंवर र संगीता श्रेष्ठले अाँखाकाे परीक्षण गर्नुभएकाे थियाे भने अायुर्वेद तर्फ हितकाजी श्रेष्ठ र बसन्त कुँवरले परीक्षण गर्नुभएकाे थियाे ।
यस्तै प्रकारकाे शिविर अागामी पाैष २३ गते वडा नं. ८ काे धुवाँकाेटमा पनि सञ्चालन गरिने बसन्त घिमिरेले बताउनुभयाे ।