जीवन ज्याेतिमा समुदाय स्वास्थ्य निरूपण कार्यक्रम सम्पन्न

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङली स्थित जीवन ज्याेति मा.वि. मा पाेखरा विश्वविद्यालयका बिद्यार्थीहरूबाट समुदाय स्वास्थ्य निरूपण कार्यक्रम सम्पन्न भएकाे छ ।

पाेखरा बिश्वविद्यालयकाे स्वास्थ्य बिज्ञान संकाय अन्तर्गत स्कूल अफ हेल्थ एण्ड एलाएड साइन्सेज जनस्वास्थ्य कार्यक्रम स्नातक तह काे तेश्राे बर्षमा अध्ययनरत बिद्यार्थीहरूले साे कार्यक्रम गरेका हुन ।

पाेखरा बिश्वविद्यालयका बिद्यार्थीहरूकाे समूहका टिम लिडर समुन्द्र लगुनले सञ्चालन गर्नुभएकाे कार्यक्रममा जीवन ज्याेति माध्यमिक बिद्यालयका शिक्षक एवं गाेरखा संसार मिडिया प्रा.लि.का सञ्चालक रविन्द्र कंडेलले सिकेका कुराहरूलाइ व्यवहारमा उतार्नु पर्ने बताउनुभएकाे थियाे ।

समुदाय स्वास्थ्य निरूपण अन्तर्गत असार ४ गतेदेखि च्याङलीमा अध्ययन गरिरहेका  बिद्यार्थीहरूले कक्षा ९ र १० का बिद्यार्थीहरूका लागि साे कार्यक्रम गरेका हुन । कार्यक्रममा पाेखरा बिश्वविद्यालयका बिद्यार्थीहरू समुन्द्र लगुन, प्रकृति शर्मा, सुजाता कंडेल, अस्मिता रानाभाट,अर्चना सापकाेटा, दिब्या देवकाेटा, सदिक्षा भण्डारी, सामना मरासिनी, प्रेक्षा धामी लगायतकाले पाेषण, सरसफाइ, महिनावारी व्यवस्थापन, उपयुक्त खानपान लगायतका बिषयमा सहजीकरण गरेका थिए ।

१ महिनासम्म वडा नं. ७ मा रहेर तथ्याँक संकलन गरी अध्ययन गरिने कार्यक्रम अन्तर्गत यस अघि  प्रारम्भिक सम्बन्ध बिस्तार, उदेश्य प्रस्तुति तथा सामाजिक नक्सांकन कार्यक्रम सम्पन्न गरी तथ्यांक संकलनमा टाेल टाेल गइरहेका छन् । स्वास्थ्यका बिभिन्न सूचकहरूका अाधारमा तथ्याँक संकलन गरिने टिम लिडर लगुनले बताउनुभएकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.