Skip to main content

Gorkha Sansar

फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन रक्सीले मातेर नाचिरहेको भिडिओ सार्वजनिक भएपछि ……..

काठमाडौं

फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन रक्सीले मातेर नाचिरहेको भिडिओ सार्वजनिक भएसँगै विवादमा तानिएकी छिन् ।

सानाको उक्त भिडिओ सामाजिक संजालमा भाइरल भएसँगै विपक्षी दलका नेताहरुले उनले लागू औषध समेत सेवन गरेको आरोप लगाउदै परीक्षण हुनु पर्ने माग गरेको छन् ।

सार्वजनिक भएको भिडिओमा साना आफ्न साथीहरुसँग नाच्दै गरेको देखिन्छ । लागुऔषध समेत प्रयोग गरेको आरोप लागेपछि सानाले आफुले मदिरा मात्र पिएको र परिक्षण गराउन समेत तयार रहेको बताएकी छिन् ।

‘मैले पिएको सत्य हो , नाचेको पनि सत्य हो मैले गैर कानुनी काम केही गरेकी छैन , उक्त भिडिओ खिचीएको छ भन्ने मलाई थाह थियो त्यो मेरो निजी भिडिओ थियो यसरी सार्वजनिक हुनु हुन्थेन । ’ उनले भनेकी छिन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.