काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय प्रिमियम लाइफस्टाइल सामग्री अब नेपाली उपभोक्ताले विदेश धाउनुपर्ने वा विभिन्न वेबसाइट चहार्नुपर्ने झन्झटबाट मुक्त हुने भएका छन्। चीन, हङकङ, जापान तथा दक्षिण कोरियाका गुणस्तरीय उत्पादनलाई एउटै डिजिटल प्लेटफर्ममार्फत नेपालमा उपलब्ध गराउने उद्देश्यसहित ‘ईयुमा डट कम (Yiwuma.com)’ ले यही बुधबारदेखि औपचारिक सेवा सञ्चालनमा ल्याउने भएको हो।
कम्पनीका अनुसार नेपाली बजारमा अन्तर्राष्ट्रियस्तरका फेसन, फुटवेयर, कस्मेटिक्स, ब्युटी प्रोडक्ट्स, होम डेकोर तथा अन्य प्रिमियम लाइफस्टाइल सामग्री सहज रूपमा उपलब्ध गराउने लक्ष्यसहित प्लेटफर्म सञ्चालनमा ल्याइएको हो।
ईयुमा डट कमले चीन, हङकङ, जापान र दक्षिण कोरियाबाट प्रत्यक्ष रूपमा उत्पादन सोर्सिङ गरी नेपाली ग्राहकसम्म पुर्याउने जनाएको छ। यसबाट अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय नयाँ डिजाइन, पछिल्ला ट्रेन्ड तथा गुणस्तरीय उत्पादन नेपालमै बसेर सहज रूपमा खोज्न र खरिद गर्न सकिने कम्पनीको दाबी छ।
कम्पनीका अनुसार उत्पादन छनोटदेखि सोर्सिङ, गुणस्तर परीक्षण र डेलिभरीसम्मको सम्पूर्ण प्रक्रिया व्यवस्थित बनाइनेछ। ग्राहकको आवश्यकता, उत्पादनको गुणस्तर तथा आधुनिक डिजाइनलाई प्राथमिकतामा राखेर सामग्री छनोट गरिने बताइएको छ।
विशेषगरी प्रिमियम लाइफस्टाइल र आधुनिक होम डेकोरमा रुचि राख्ने ग्राहकलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय बजारमा चर्चित उत्पादन नेपाली बजारमै उपलब्ध गराउने योजना कम्पनीले अघि सारेको छ।
कम्पनीले विभिन्न देशका अलग–अलग अनलाइन स्टोरमा खोजी गर्नुपर्ने झन्झट हटाउँदै चीन, हङकङ, जापान र दक्षिण कोरियाका विविध उत्पादन एउटै डिजिटल प्लेटफर्मबाट उपलब्ध गराउनु आफ्नो प्रमुख विशेषता रहेको जनाएको छ।
आगामी दिनमा ग्राहकको माग, बजारको प्रवृत्ति तथा नयाँ अन्तर्राष्ट्रिय ट्रेन्डअनुसार थप ब्रान्ड र विभिन्न श्रेणीका उत्पादन थप्दै जाने योजना पनि कम्पनीको छ।
कम्पनीका अनुसार नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको डिजिटल किनमेल अनुभव प्रदान गर्दै विश्व बजारका प्रिमियम उत्पादन सहज रूपमा घरदैलोमै पुर्याउने लक्ष्य राखिएको छ।
इच्छुक ग्राहकले कम्पनीको आधिकारिक वेबसाइट www.yiwuma.com मार्फत उपलब्ध उत्पादन अवलोकन तथा खरिद गर्न सक्नेछन्।