Skip to main content

Gorkha Sansar

गोरखामा म्यादी प्रहरीको तालिम सकियो, अब कार्यक्षेत्रमा खटाइने

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गोरखामा विभिन्न स्थानमा खटिने म्यादी प्रहरीलाई सुरक्षा सम्बन्धी आधारभूत तालिम दिएको छ । गोरखा सदरमुकाममा शुक्रबार एक कार्यक्रमका बीच म्यादी प्रहरीको आधारभूत तालिम समापन गरिएकोे जिल्ला प्रहरी कार्यालय गोरखा एसपी केदार खनालले बताए ।

No description available.

 

जिल्ला प्रहरी कार्यालय गोरखाकाअनुसार जिल्लाका चार स्थानमा म्यादी प्रहरीहरुका लागि तालिम संचालन गरिएको थियो । ईलाका प्रहरी कार्यालय आरुघाट, जौवारी, पालुङटार र जिल्ला प्रहरी कार्यालय सदरमुकाममा म्यादी प्रहरीलाई तालिम दिइएको एसपी खनालले जानकारी दिए । उनकाअनुसार १७ सय ७२ तालिममा सहभागी भए ।

No description available.

१० दिनको अवधिमा मतदान प्रक्रिया, मतदानमा सुरक्षाका लागि अपनाउनुपर्ने उपायहरु लगातका निर्वाचन सम्बन्धी आधारभूत कुराहरु सिकाइएको उनले बताए । लाठी अभ्यास, शारीरिक ब्यायम, सलाम गर्ने तरिका लगायतको बारेमा प्रहरीले म्यादीलाई अभ्यास गराएका थिए । म्यादी सम्बन्धी आधारभूत तालिम सम्पन्न भएपछि सबैलाई नजिककै प्रहरी चौकीमा खटाइएकोे र बैशाख २० गतेपछि सबैलाई आ(आफ्नो कार्य क्षेत्रमा खटाइने एसपी खनालले जानकारी दिए ।

No description available.

म्यादी प्रहरीमा भर्ना भएका सबैलाई आफ्नो पालिकाबाहेक अन्य पालिकामा खटाउने गरी तयारी भइरहेको एसपी खनालले बताए ।
सेवा सुविधाको हकमा म्यादी प्रहरीका लागि मासिक एक महिनाको तलब ३० हजार २ सय रुपैया र पोशाकमा ६ हजार, रासनमा ७ हजार र भ्रमण खर्चमा एक हजारको व्यवस्था गरिएको छ । त्यस्तै, स्थानीय तहको निर्वाचनमा भौगोलिक विकटता र राजनीतिक दृष्टिकोणले मतदाता स्थलहरुलाई संवेदनशील, अतिसंवदेनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेको छ ।

No description available.

यसरी वर्गीकरण गरेका संवेदनशील मतदानस्थलमा ६ जना म्यादी प्रहरी, ३ जना प्रहरी, अतिसंवेदनशील मतदानस्थलमा ८ जना म्यादी प्रहरी, ३ जना प्रहरी र सामान्य क्षेत्रमा ४ जना म्यादी प्रहरी र ३ जना प्रहरी खटाइने व्यवस्था गरिएको एसपी खनालले जानकारी दिए । उत्तरी गोरखा दुर्गम क्षेत्र चुमनुब्रीमा २० गतेदेखि म्यादी प्रहरी खटाइने र सो लगत्तै अन्य पालिकामा पनि खटाइने उनले जानकारी दिए ।                दराैंदीबाट साभार

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.