आँबुखैरेनी, ४ असोज— तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीस्थित श्री मर्स्याङ्दी बहुउद्देश्यीय सामुदायिक विकास सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारणसभा तथा ७औँ अधिवेशन शनिबार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष नारायण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष शुक्र चुमान प्रमुख अतिथि थिए। कृषि विज्ञ शुक्रराज श्रेष्ठ र गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल विशिष्ट अतिथि तथा वडा नम्बर १ का अध्यक्ष प्रेमबहादुर गुरुङ विशेष अतिथि थिए।
कार्यक्रमको सुरुवात भदौ १० गते आएको बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा मैनबत्ती प्रज्वलन र एक मिनेट मौनधारणबाट गरिएको थियो।
साधारणसभामा संस्थाका लेखा संयोजक परशुराम मिश्रले वार्षिक आय–व्यय विवरण प्रस्तुत गरेका थिए। सभामा संस्थाको आर्थिक अवस्था तथा वार्षिक गतिविधिबारे जानकारी गराइएको थियो।
संस्थाका उपाध्यक्ष अम्बिका श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा व्यवस्थापक चिजा गुरुङले सञ्चालन गरेकी थिइन्।
मर्स्याङ्दी बहुउद्देश्यीय सामुदायिक विकास सहकारीको २१ औँ साधारणसभा तथा ७ औँ अधिवेशन सम्पन्न