चैत १० , गाेरखा गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ च्याङलीका युवाहरूले रू १ लाखकाे अकस्मिक बिपद काेष स्थापना गरेका छन । च्याङलीका १० जना जुझारू युवाहरूको समुहले अाजै एक निर्णय गरी काेषकाे शुरूवात गरिएकाे हाे । हरेक सदस्यले १० हजारका दरले रकम जम्मा गरी काेषकाे स्थापना गरिएको एकजना सदस्य एवं वडा नं ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले बताउनुभयाे । स्थापना गरिएकाे साे काेषबाट अाकस्मिक रूपमा बिरामी पर्दा वा समस्यामा पर्दा तत्काल हुने रकम अभाव टार्न सकिने च्याङली स्वास्थ चाैकीका ईन्चार्ज भरतराज पाण्डेले बताउनुभयो । सबै सदस्यहरूबाट संकलित उक्त रकम बैंक खातामा जम्मा गर्ने र अाबश्यक परेका ब्यक्तिलाई सहजै प्रदान गरिने अर्का युवा गाेरखा संसार डट कमका सञ्चालक रबिन्द्र कंडेलले जानकारी दिनुभयाे । मानवीय संवेदना सबैमा हुनु जरूरी छ , अाबश्यकताअनुसार रकम बढाउन पनि सकिन्छ, अर्का युवा व्यवसायी मनाेज कुमार श्रेष्ठले बताउनुभयाे । साे समुहका अन्य सदस्यहरूमा मुक्ति ढकाल, महेन्द्र कुमार श्रेष्ठ, राजु अधिकारी रहेका छन । त्यस्तै च्याङली सामुदायिक सिकाई केन्द्रले पनि एक सदस्य बराबरकाे रकम राख्ने बताईएकाे छ ।
थप समाचार
-
विघटनको अँध्यारो होइन, एकताबद्ध उज्यालो रोजौँ
गोर्खा संसारSeptember 8, 2026– डी.बी. सर्वश्रेष्ठ कम्युनिस्ट पार्टी पद र प्रतिष्ठाकाे होइन, वर्गीय मुक्ति र विचारको यात्रा हो । असहमतिलाई घेराबन्दी र अफवाह होइन, संस्थागत बहस र जनताको विश्वासबाट सम्बोधन गरौँ... -
पालुङटारमा डाँका–चोरीमा संलग्न रहेको आरोपमा दुई युवा पक्राउ
गोर्खा संसारAugust 15, 2026गोरखा । गोरखाको पालुङटार नगरपालिका क्षेत्रमा पैदलयात्रु तथा सर्वसाधारणलाई लुटपाट तथा चोरी गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार गत साउन ५ गते राति करिब... -
वन संरक्षणमा उत्कृष्ट कामको कदर : डिभिजन वन कार्यालय उदयपुर गणेश शाही संरक्षण पुरस्कारको तेस्रो स्थानमा
गोर्खा संसारAugust 11, 2026उदयपुर — वन संरक्षण, संवर्द्धन तथा दिगो उपयोगसँगै वातावरणीय सन्तुलन र जैविक विविधता संरक्षणमा पुर्याएको योगदानको कदर गर्दै डिभिजन वन कार्यालय, उदयपुर गणेश शाही संरक्षण पुरस्कारअन्... -
मानुङकोटमा प्रहरीको ‘फुट पेट्रोल’ : पर्यटकसँग प्रत्यक्ष संवाद, सुरक्षामा भरोसा बढाउँदै दुईदिने पैदल गस्ती
गोर्खा संसारAugust 1, 2026दमौली, साउन १६ । तनहुँको चर्चित पर्यटकीय गन्तव्य मानुङकोटमा पर्यटकले सुरक्षित वातावरणको अनुभूति गर्न सकून् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँले दुईदिने लामो ‘फुट पेट्रोल... -
भानुभक्त क्याम्पस हराभरा अभियानमा : १०० फलफूलका बिरुवा रोपिँदै, संरक्षणमा विशेष जोड
गोर्खा संसारJuly 31, 2026बेलचौतारा, साउन १५ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरलाई हराभरा र फलफूलयुक्त बनाउने उद्देश्यले शुक्रबार १०० वटा फलफूलका बिरुवा रोपिए... -
कप्तानगञ्ज घटनाको प्रभाव देशभर : विभिन्न स्थानमा प्रदर्शन, सुरक्षा सतर्कता कडा
गोर्खा संसारJuly 31, 2026काठमाडौं/सुनसरी, साउन १५ । सुनसरीको देवानगञ्ज–३ स्थित कप्तानगञ्जमा दुई समुदायबीच उत्पन्न विवादपछि विकसित भएको तनावले देशका विभिन्न जिल्लामा समेत प्रभाव पारेको छ। सामाजिक सञ्जालमार...