नेपाली कांग्रेस क्षेत्र न १ तनहुँले आगामी फागुन ३ गते बृहत अन्तर्कृया कार्यक्रम गर्ने भएको छ । कांग्रेस पार्टी कार्यालय बि.पि स्मृति भवन दमौलीमा आज बसेको पदाधिकारीको दोश्रो बैठकले उक्त बृहत कार्यक्रम गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेस तनहुँका निबर्तमान सभापति बैकुण्ठ न्यौपानेको बिशेष उपस्थितिमा बसेको बैठकले आगामी बैसाख ३० गते हुने स्थानिय निकायको निर्वाचनलाई मध्यनजर गर्दै स्थानिय निर्बाचन एब बिकासमा स्थानिय पार्टी समितिको भुमिकाका बिसयमा केन्द्रित रहने क्षेत्रीय सहसचिब शैलेस खाती क्षेत्रीले जानकारी दिनुभयो । अन्तर्कृया कार्यक्रममा कांग्रेस बरिस्ठ नेता रामचन्द्र पौडेल सहित कांग्रेस केन्द्रीय सदस्यहरु , कांग्रेसका जिल्ला सभापती , पदाधिकारी , गन्डकी प्रदेश कार्यसमिती सदस्य ,महासमिति सदस्य , महाधिवेशन प्रतिनिधि,क्षेत्र न १ बाट प्रतिनिधित्व गर्ने जिल्ला सदस्य , प्रदेश प्रतिनिधि , प्रदेश कार्यसमिती, क्षेत्र न १ अन्तर्गतका नगरपालिका र गाउँपालिकाका पदाधिकारी ,वडा सभापति, कांग्रेस बाट निर्बाचित वडा अध्यक्ष र वडा अध्यक्षका प्रत्यासि ,निबर्तमान सभापति , सभापतिका प्रत्यासी लगायतको सहभागिता रहने प्रबक्ता हरिप्रसाद शर्माले जानकारी दिनुभयो । अन्तर्कृया कार्यक्रम बि. पि स्मृति भवन दमौलीमा गर्ने निर्णय भएको प्रबक्ता शर्माले बताउनुभयो । बैठकमा नेपाली कांग्रेस महासमिति सदस्य आनन्दराज त्रिपाठिको पनि विशेष उपस्थिति रहेको थियो ।
थप समाचार
-
नेपाली कांग्रेस पालुङटार नगर सभापतिमा मानबहादुर आलेको उम्मेदवारी
गोर्खा संसारSeptember 22, 2026गोरखा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पालुङटार नगरपालिका नगर अधिवेशन २०८३ असोज ७ गते बुधबार हुने कार्यतालिका तय भएको छ। सो अधिवेशनमा मानबहादुर आलेले नगर सभापति पदमा उम्म... -
नेपाली कांग्रेस पालुङटार–७ को वडा अधिवेशन सम्पन्न इन्द्र कोइरालाको सभापतित्वमा नयाँ वडा कार्यसमिति चयन
गोर्खा संसारSeptember 20, 2026गोरखा । नेपाली कांग्रेस पालुङटार नगरपालिका–७, च्याङ्लीको वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले इन्द्र कोइरालाको सभापतित्वमा नयाँ वडा कार्यसमिति चयन गरेको छ। अधिवेशनका क्रममा पार्टी... -
जेन–जी विद्रोहको स्मरण गर्दै “वैज्ञानिक समाजवाद स्थापनाको बाटोमा अघि बढ्न” नेकपा (बहुमत) को आह्वान
गोर्खा संसारSeptember 8, 2026अध्यक्ष कञ्चनको दाबी– ‘जनविद्रोहको राजनीतिक उपलब्धि जनअपेक्षाअनुसार हुन सकेन’ काठमाडौं, भदौ २३ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी जनविद्रोह... -
विघटनको अँध्यारो होइन, एकताबद्ध उज्यालो रोजौँ
गोर्खा संसारSeptember 8, 2026– डी.बी. सर्वश्रेष्ठ कम्युनिस्ट पार्टी पद र प्रतिष्ठाकाे होइन, वर्गीय मुक्ति र विचारको यात्रा हो । असहमतिलाई घेराबन्दी र अफवाह होइन, संस्थागत बहस र जनताको विश्वासबाट सम्बोधन गरौँ... -
लैङ्गिक तथा यौनिक अल्पसंख्यक राजनीतिक अभियन्ताहरू अबको चुनावमा उम्मेदवार बनाउन माग
गोर्खा संसारAugust 19, 2026काठमाडौँ - लैङ्गिक तथा यौनिक अल्पसंख्यक राजनीतिक अभियन्ताहरू अबको चुनावमा उम्मेदवार बनाउन माग गर्दै राजनीतिक दलका कार्यालयमा डेलिगेसन जान थालेका छन्। राष्ट्रिय लैङ्गिक तथा यौनिक ... -
मानुङकोटमा प्रहरीको ‘फुट पेट्रोल’ : पर्यटकसँग प्रत्यक्ष संवाद, सुरक्षामा भरोसा बढाउँदै दुईदिने पैदल गस्ती
गोर्खा संसारAugust 1, 2026दमौली, साउन १६ । तनहुँको चर्चित पर्यटकीय गन्तव्य मानुङकोटमा पर्यटकले सुरक्षित वातावरणको अनुभूति गर्न सकून् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँले दुईदिने लामो ‘फुट पेट्रोल...