आँबुखैरेनी, ११ जेष्ठ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीले निषेधाज्ञाको उल्लघंन गर्नेलाई कारबाही सुरु गरेको छ । गत जेष्ठ ६ गते राजपत्र भाग–२ मा प्रकाशित निषेधाज्ञा सम्बन्धित अध्यादेशमा निषेधाज्ञाको उल्लघंन गर्नेलाई जरिवाना सहित कारबाही गर्न भनेको छ । सो अनूरुप आँबुखैरेनी क्षेत्रमा मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैंपिच्छे १ सय रुपैंया, मानिसको आवतजावतमा रोक लगाईएको वा नियन्त्रण गरिएको अवस्थामा सोको उल्लघंन गर्नेलाई पटकैंपिच्छे २ सय रुपैंया, सवारी साधनको आवतजावतमा रोक लगाएको अवस्थामा सम्बन्धित अधिकारीको अनुमतीबिना वा सुरक्षाकर्मीलाई सूचना नदिई वा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारी साधन चलाएमा पटकैंपिच्छे २ पाङ्ग्रे सवारी साधन भए २ हजार रुपैंया र अन्य सवारी साधन भए ५ हजार रुपैंया जरिवाना सहित कारबाही गरिने इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक बिकास थापाले जानकारी दिनुभयो । यसैगरी, निषेधाज्ञा सम्बन्धि अध्यादेश बिपरितको काम गर्ने जुन कुनै संस्था वा व्यवसायलाई सजायको अतिरिक्त ६ महिना सम्म बन्द गरिने समेत प्रहरी निरिक्षक थापाले बताउनुभयो ।
थप समाचार
-
विन्ध्यवासिनीका विद्यार्थीलाई एनआईसी एशिया बैंकको सहयोग
गोर्खा संसारSeptember 23, 2026गोरखा, असोज ६ — विद्यार्थीको शैक्षिक यात्रामा आर्थिक अभाव बाधक नबनोस् भन्ने उद्देश्यसहित एनआईसी एशिया बैंक लिमिटेड, गोरखाले श्री विन्ध्यवासिनी माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक... -
विघटनको अँध्यारो होइन, एकताबद्ध उज्यालो रोजौँ
गोर्खा संसारSeptember 8, 2026– डी.बी. सर्वश्रेष्ठ कम्युनिस्ट पार्टी पद र प्रतिष्ठाकाे होइन, वर्गीय मुक्ति र विचारको यात्रा हो । असहमतिलाई घेराबन्दी र अफवाह होइन, संस्थागत बहस र जनताको विश्वासबाट सम्बोधन गरौँ... -
मानुङकोटमा प्रहरीको ‘फुट पेट्रोल’ : पर्यटकसँग प्रत्यक्ष संवाद, सुरक्षामा भरोसा बढाउँदै दुईदिने पैदल गस्ती
गोर्खा संसारAugust 1, 2026दमौली, साउन १६ । तनहुँको चर्चित पर्यटकीय गन्तव्य मानुङकोटमा पर्यटकले सुरक्षित वातावरणको अनुभूति गर्न सकून् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँले दुईदिने लामो ‘फुट पेट्रोल... -
११० दिनसम्म धर्नामा बस्दा पनि सरकार मौन, पेन्सनको न्याय माग्दै त्रिविका प्राध्यापक अझै आन्दोलनमै
गोर्खा संसारJuly 31, 2026काठमाडौं, साउन १५ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले पेन्सनसम्बन्धी विभेदपूर्ण व्यवस्थाको खारेजी र समान सेवा–सुविधाको माग गर्दै थालेको आन्दोलनले शुक्रबार ११० दिन पूरा गरेक... -
कप्तानगञ्ज घटनाको प्रभाव देशभर : विभिन्न स्थानमा प्रदर्शन, सुरक्षा सतर्कता कडा
गोर्खा संसारJuly 31, 2026काठमाडौं/सुनसरी, साउन १५ । सुनसरीको देवानगञ्ज–३ स्थित कप्तानगञ्जमा दुई समुदायबीच उत्पन्न विवादपछि विकसित भएको तनावले देशका विभिन्न जिल्लामा समेत प्रभाव पारेको छ। सामाजिक सञ्जालमार... -
राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको २९०औँ स्मृति दिवस देशभर मनाइँदै
गोर्खा संसारJuly 30, 2026गोरखाको सिरानचोकदेखि काठमाडौंसम्म ऐतिहासिक कार्यक्रम, मेची–महाकालीसम्म सहभागिताको आह्वान गोरखा, साउन १४। नेपालको एकीकरण अभियानका महान् सेनानी तथा राष्ट्रिय विभूति बडाकाजी अमरसिंह...