आँबुखैरेनी, २५ माघ । लायन्स क्लव अफ आँबुखैरेनी सिटी र लियो क्लव अफ आँबुखैरेनी सिटीको आयोजनामा १ दिने निशुल्क दन्त शिविर सम्पन्न भएको छ । आँबुखैरेनी- १, सत्रसय स्थित आधारभुत प्राथमिक स्वास्थ्य केन्द्रमा भएको शिविरमा १ सय भन्दा धेरैले दन्त परिक्षण गराएका थिए। शिविरबाट रेफर भएका ४० जना बिरामीलाई ओम बिराज डेन्टल केयरले निशुल्क औषधी उपचार गर्ने डेन्टलका संचालक राजन ढकालले बताउनुभएको छ । वडा नम्बर १ का अध्यक्ष किसान थापाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा लायन्स क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष शिव खनाल, लियो क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष अमृत पण्डित लगायतको उपस्थिती थियो । उक्त शिविरमा आँबुखैरेनी र बन्दिपुर गाउँपालिकाले औषधी उपलब्ध गराएका थिए भने अन्य सहयोग ओमबिरामज डेन्टल केयरका संचालक राजन ढकाल र लायन्सका अध्यक्ष शिब खनालले गरेका थिए । शिविरमा ओम बिराज डेण्टल केयरका डाक्टर ओसिन थापाको नेतृत्वको प्राविधिक टिमले दन्त परिक्षण गरेको लियोका अध्यक्ष अमृत पण्डितले जानकारी दिनुभयो ।
थप समाचार
-
होटल लुमेनको IEE प्रतिवेदनबारे सार्वजनिक सुनुवाइ सम्पन्न
गोर्खा संसारOctober 30, 2026पोखरा, १४ कात्तिक। पोखरा महानगरपालिका–६ मा प्रस्तावित होटल लुमेनको प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन तयारीका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। होटल लुमेन... -
मर्स्याङ्दी बहुउद्देश्यीय सामुदायिक विकास सहकारीको २१ औँ साधारणसभा तथा ७ औँ अधिवेशन सम्पन्न
गोर्खा संसारSeptember 21, 2026आँबुखैरेनी, ४ असोज— तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीस्थित श्री मर्स्याङ्दी बहुउद्देश्यीय सामुदायिक विकास सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारणसभा तथा ७औँ अधिवेशन शनिबार ... -
राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन निर्माणका लागि सप्ताह ज्ञान महायज्ञ सुरु कलश यात्रासहित भव्य उद्घाटन,
गोर्खा संसारSeptember 20, 2026कलश यात्रासहित भव्य उद्घाटन, साताभर धार्मिक कार्यक्रम र झाँकी प्रदर्शन हुने पालुङटार, असोज ३ । गोर्खाको पालुङटार नगरपालिका–७ खत्रीटारस्थित राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन न... -
राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन निर्माणका लागि सप्ताह ज्ञान महायज्ञ सुरु कलश यात्रासहित भव्य उद्घाटन,
गोर्खा संसारSeptember 19, 2026कलश यात्रासहित भव्य उद्घाटन, साताभर धार्मिक कार्यक्रम र झाँकी प्रदर्शन हुने पालुङटार, असोज ३ । गोर्खाको पालुङटार नगरपालिका–७ खत्रीटारस्थित राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन न... -
पालुङटार नगरपालिकामा भूमि व्यवस्थापन सेवा शुभारम्भ
गोर्खा संसारSeptember 18, 2026पालुङटार नगरपालिकामा भूमि व्यवस्थापनसम्बन्धी सेवा प्रवाहलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यले भूमि व्यवस्थापन सेवा शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । पालुङटार नगरपालिक... -
विघटनको अँध्यारो होइन, एकताबद्ध उज्यालो रोजौँ
गोर्खा संसारSeptember 8, 2026– डी.बी. सर्वश्रेष्ठ कम्युनिस्ट पार्टी पद र प्रतिष्ठाकाे होइन, वर्गीय मुक्ति र विचारको यात्रा हो । असहमतिलाई घेराबन्दी र अफवाह होइन, संस्थागत बहस र जनताको विश्वासबाट सम्बोधन गरौँ...