मृगाौलापिडित कमरको सहयोगको लागि काप्रीको पहलमा दक्षिण कोरियाबाट ९२ हजार ८ सय सहयाेग
गोर्खा संसार
गोरखा संसार
६ मंसीर, गोरखा ।
द.काेरियाबाट रकम उठाउन पहल गर्ने सहयाेगी व्यक्ति सन्ताेष काप्री
दुुवै मृगौला पिडित गोरखाको पालुङ्टार नगरपालिका वडा नं.७ निवासी गीता कमरको सहयोगको लािग दक्षिण कोरियाबाट सन्तोष काप्रीको पहलमा ९२ हजार ८ सय १० रुपैयाँ उठाएर पिडित समक्ष पुर्याएका छन् ।
कमरको उपचारको लागि खर्च अभाव भएको खबर पाएसँगै बिभिन्न ठाउँहरुबाट सहयोग रकम जुटाउने प्रयास भइरहेको अवस्थामा सोही वडा निवासी काप्रीले सहयोगको भावनास्वरुप स्वतस्फूर्त रुपमा आफ्नो कर्मथलो दक्षिण कोरियाबाट पनि सहयोगको लागि अपिल गरेका थिए । अभियान शुरु गरेसंगै सहयोगीहरुबाट प्राप्त रकम गीताको कमरकी आमा धन कुमारी कमरको डुम्रेस्थित नेपाल बैंकमा रहेको खातामा पठाइसकिएको साथै उनीहरुले रकम सहयोग गर्नेहरुको नामावली समेत सार्वजनिक गरेको काप्रीले जानकारी दिएका छन् ।
सेवा नै धर्म हो भन्ने मान्यताअनुरुप यस्तो प्रतिकूल अवस्थामा पनि बिदेशमा रहेका व्यक्तिहरुसँग रकम जम्मा गरी पठाइएको काप्रीले बताएका छन् ।
बिगत लामो समयदेखि दुवै मृगौलामा समस्या भएपश्चात उपचार गराइरहनुभएकी गीता कमरको उपचारको सहयोगको लागि सहयोग गर्न चाहनुहुने महानुभावहरुले कमरकी आमा धनकुमारी कमरको डुम्रेस्थित नेपाल बैंकमा रहेको खाता नं. 10301106882887000001 मा जम्मा गरेर सहयोग गरिदिन पनि सकिनेछ ।
– डी.बी. सर्वश्रेष्ठ
कम्युनिस्ट पार्टी पद र प्रतिष्ठाकाे होइन, वर्गीय मुक्ति र विचारको यात्रा हो । असहमतिलाई घेराबन्दी र अफवाह होइन, संस्थागत बहस र जनताको विश्वासबाट सम्बोधन गरौँ...
काठमाडौं —
नेपालको पर्यटन क्षेत्रले सम्भावना र चुनौती दुवै बोकेर अगाडि बढिरहेको बेला नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (NATTA) को २०२६–२०२८ कार्यकालका लागि हुने निर्वाचन ...
काठमाडौं । विश्वकै सबैभन्दा ठूलो खुला स्रोत (Open Source) वेब समुदाय WordPress को राष्ट्रिय सम्मेलन WordCamp Nepal 2027 पहिलोपटक नेपालको पश्चिमी क्षेत्रमा आयोजना हुने भएको छ। आयोजक...
दमौली, साउन १६ । तनहुँको चर्चित पर्यटकीय गन्तव्य मानुङकोटमा पर्यटकले सुरक्षित वातावरणको अनुभूति गर्न सकून् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँले दुईदिने लामो ‘फुट पेट्रोल...
काठमाडौं/सुनसरी, साउन १५ ।
सुनसरीको देवानगञ्ज–३ स्थित कप्तानगञ्जमा दुई समुदायबीच उत्पन्न विवादपछि विकसित भएको तनावले देशका विभिन्न जिल्लामा समेत प्रभाव पारेको छ। सामाजिक सञ्जालमार...